कोरोना महामारीः मर्नेको संख्या ९५ हजार नाघ्यो,कुन देशमा कति?

एजेन्सी

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार ५०६ पुगेको छ । त्यस्तै हालसम्म १५ लाख ९५ हजार ३५० जनामा संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमितमध्ये ३ लाख ५४ हजार ६ जना निको भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ । निको हुनेमा सबभन्दा बढी चीनमा ७७ हजार ६७९ रहेका छन् ।

यसैगरी अमेरिकामा थप १ हजार ९०० को ज्यान गएको छ। यससँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार ४७८ पुगेको छ । त्यस्तै ४ लाख ६२ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २५ हजार ४१० निको भएका छन् ।

पछिल्लो समय फ्रान्समा भाइरस तीव्र रूपमा फैलिरहेको छ । त्यहाँ एकैदिन १ हजार ३४१ ले ज्यान गुमाएका छन् । यससँगै ज्यान गुमाउनेको संख्या १२ हजार २२८ पुगेको छ । त्यस्तै १ लाख १८ हजार ७८१ मा संक्रमण पुष्टि भएको छ ।

स्पेनमा थप ५ हजार २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै थप ६५५ जनाको ज्यान गएको छ । यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या १५ हजार ४४७ पुगेको छ ।

यता इटालीमा भने लगातार संक्रमण न्यून हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार २०४ मा संक्रमण पुष्टि भएको छ । यससँगै १ लाख ४३ हजार ६२६ मा संक्रमण भइसकेको छ । त्यस्तै इटालीमा थप ६१० जनाको मृत्यु भएसँगै मृतक संख्या १८ हजार २७९ पुगेको छ।

कुन देशमा कति (आँकडा)

अमेरिका
संक्रमितः ४,६२,१३५
मृत्युः १६,५१३
निकोः २५,४१०

स्पेन
संक्रमितः १,५३,२२२
मृत्युः १५,४४७
निकोः ५२,१६५

इटाली
संक्रमितः१,४३,६६२
मृत्युः १८,२७९
निकोः २८,४७०

फ्रान्स
संक्रमितः१,१८,७८३
मृत्युः १२,२२८

निकोः २३,४४१

जर्मनी
संक्रमितः १,१८,२३५
मृत्युः २,६०७
निकोः ५२,४०७

चीन
संक्रमितः ८२,८८३
मृत्युः ३,३३९
निकोः ७७,६७९

इरान
संक्रमितः ६६,२२०
मृत्युः ४,११०
निकोः ३२,३०९

बेलायत
संक्रमितः ६५,८७२
मृत्युः ७,९९३
निकोः ३५९

टर्की
संक्रमितः ४२,२८२
मृत्युः ९०८
निकोः २,१४२

बेल्जियम

संक्रमितः २४,९८३
मृत्युः २,५२३
निकोः ५,१६४

स्वीजरल्यान्ड
संक्रमितः २४,०५१

मृत्युः ९४८
निकोः १०,६००

भारत
संक्रमितः ६,७२५
मृत्युः २२६
निकोः ६२०

नेपाल
संक्रमितः ९
मृत्युः ०
निकोः १
(स्रोतः जोन्स हप्किन्स विश्वविद्यालय)

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?