डब्लूएचओका प्रमुख टेड्रोसलाई ज्यान मार्ने धम्की !

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशकले आफूलाई हत्याको धम्की आएको बताएका छन् ।

महानिर्देशक टेड्रोस अधनोम घब्रेससले आफूमाथि ज्यान मार्ने धम्की आएको र जातीय अपमान भएको बताए । टेड्रोसका अनुसार उनीमाथि यही अप्रिल ८ मा आयोजित पत्रकार सम्मेलनका क्रममा धम्की आएको थियो ।

कोरोना भाइरस महामारीको १ सय दिनको सन्दर्भमा डब्लूएचओले हालै पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको थियो । तर टेड्रोस यस्तो धम्कीप्रति शान्त रुपमा प्रस्तुत भएका थिए । तर उनले आफूमाथि भएका सबै आलोचना र टिप्पणीको जवाफ नदिने जनाए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि हालै डब्लूएचओमाथि कडा आलोचना गरेका थिए । डब्लूएचओ चीनप्रति पूर्वाग्रही बनेको ट्रम्पको आरोप थियो । ‘म ज्यान मार्ने धम्कीप्रति खेद प्रकट गर्छु, किनकि, मैले मानिसहरुको जीवन बचाउनु छ, ६० हजार मानिसले ज्यान गुमाए जस्तै मसँग समय छैन,’ टेड्रोसले बताए । तर उनले कसले धम्की दियो भन्नेबारे केही खुलाएका छैनन् । तर तीन महिनाअघि ताइवानबाट धम्की आएको उनको दावी छ ।अन्नपुर्ण

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?