जनतालाई लकडाउनले सास्तीः लेकम–६ वडाध्यक्षको कार्यालयमै मस्ती

महेन्द्रनगर २३ चैत ।

नोबेल कारोना भाईरसको संक्रमण विश्वभर महामारीका रुपमा फैलिदोँ छ । त्यसको संक्रमण रोक्नका लागि सरकारले देशभर चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ ।
आम नागरिकलाई घर बाहिर ननिस्कन अपील गरेको छ । तर दार्चुलाको लेकम गाँउपालिका–६ का वडाध्यक्ष कमलापती मिश्रले भने कार्यालयमै भोजभतेर गरेको आरोप लागेको छ ।

स्थानीयका अनुुसार आईतबार राति वडाध्यक्ष मिश्रले वडा कार्यालयमै पाटी गरेका हुन् । स्थानीय दिपेन्द्र साउदका अनुसार वडाध्यक्ष मिश्रले शैल्यशिखरबाट आएको आफ्न्तसँग पाटी गरेका हुन् ।
उनले कार्यालयमै खसी काटेर दारु समेत पिएर जथाभावि समेत गरेको स्थानीयको भनाई छ । साथै उनिहरुले रक्सी मादक पदार्थ सेवन गरेर स्थानीयलाई दुव्र्यहार समेत गरेको स्थानीयको आरोप छ ।

स्थानीयलाई दुव्र्यहार गरेपछि वडाध्यक्षलाई कार्यालयमै थुनेको स्थानीय साउदले बताए । वडाध्यक्ष जस्तो मान्छेले यस्तो महामारीको समयमा कार्यालयमै पाटी गर्नु दुखद हो । स्थानीय साउदले भने वडा कार्यालयमै पाटी गरेपछि स्थानीय आक्रोसित भएका छन् ।

साथै वडा कार्यालय नजिकै लकडाउनको समयमा रक्सी पसल खुला गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् । स्थानीयको विरोधपछि प्रहरीले रक्सी बरामद गरेको छ । भने दोसीलाई जरिवाना समेत गराईएको छ ।

वडाध्यक्ष मिश्रले भने आफुले कुनै गल्ती नगरेको दावि गरेका छन् । उनले आईतबार राति आफु कार्यालयमै रहेको स्वीकार गरेपनि कुनै पाटी आयोजना नभएको बताए । साथै उनले केही स्थानीयले आफु विरुद्ध दुसप्रचार गरेको आरोप समेत लगाए ।

ताजा खबर

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?