सिटी लिङ्क कम्प्युटरको फेसबुक पेजबाट लाईभ एसईई तयारी कक्षा सञ्चालन हुदैँ

महेन्द्रनगर २३ चैत ।

नोबेल कोरोना भाईरसको सक्रमणलाई रोक्न नेपाल सरकारmे देशभर लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण माध्यमिक शिक्षा परिक्षा (एसईई) स्थगित भएको छ ।

एसईइको तयारीमा रहेको विद्यार्थीलाई समस्या परेको गुनासो आईरहेका बेला कञ्चनपुरको महेन्द्रनगरस्थित सिटी लिङ्क कम्प्युटर इन्स्टियुटले अनलाईन तयारी कक्षा सुरु गर्ने भएको छ ।

इन्स्टियुटले आफ्नो फेसबुक पेजमार्फत उक्त तयारी कक्षा सोमबार बेलुकी ७ बजेबाट सुरु गर्न लागेको जनाएको छ ।
इन्स्टियुटका सञ्चालक दिनेशसिंह महराले विद्यार्थीको सहजताका लागि तयारी कक्षा सञ्चालन गरिहरको बताए ।

उनका अनुसार इन्स्टियुटको फेसबुक पेज२ऋत्द्दण्ठद्द मार्फत सोमबारदेखि गणित र ऐच्छिक गणित विषयका कक्षाहरु अनलाईन सञ्चालन हुनेछन् ।

लकडाउनको समयमा खालि समयको सदुपयोग र एसईई तयारी गरिरहेका विद्यार्थीहरुलाई अध्ययनको क्रममा अन्योल, असजिलो र अस्पष्ट महसुस गरेका विषयमा सहयोग र समाधान गर्न सञ्चालन हुन लागेको कक्षा क्लासिक ईम्प्रोभमेन्ट सेक्सनका सञ्चालक सुनिल थापाले अनलाईन अध्यापन गराउने इन्स्टियुटले जनाएको छ । शिक्षक थापा महेन्द्रनगरस्थित मर्निङ ग्लोरी र फ्लोरिडा ईन्टरनेसनल स्कुलमा अध्यापन गराउनछन् ।

त्यस्तै एसईईको पखाईमा बसेका सबै विद्यार्थीलाई ह निरास नभई परिक्षाको तयारी घरमै बसेर गर्न महराको सुझाव छ ।

इन्स्टियुटको पेजमा विद्यार्थीले म्यासेजमार्फत आफ्नो समस्या राख्न सक्ने छन् । विद्यार्थीको समस्या र मागको आधारमा निशुल्क अनलाइन कक्षामा सहभागी हुन पाउनेछन् ।

‘खालि समयमा घरमा बसेर साथीहरुसङ्ग कुराकानी र च्याटमा समय बर्बाद गर्नुभन्दा सिटी लिङ्कको फेसबुक पेजमा गई अनलाइन कक्षाको अधिक भन्दा अधिक उपयोग गर्न अनुरोध गर्दछु ।’

महराले भने ‘सम्पुर्ण शिक्षक अभिभावक इष्टमित्रहरुलाई आ–आफ्नो ठाउँबाट विद्यार्थीको पढाइ तथा सिकाइमा सक्रियतापुर्वक सरक भई सहयोग पु¥यन आव्हान समेत व्यक्त गर्दछु ।’

राष्ट्रिय परिक्षा बोर्डका अनुसार यो वर्ष ४ लाख ८२ हजार ७०७ जना विद्यार्थी इसईईको पर्खाइमा बसेका छन । देशभरिमा १ हजार ९९५ परिक्षा केन्द्र निर्धारण गरिएको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?