कालोबजारी रोक्न अनुगमन, अटेरी गरे कारर्वाही गरिने


महेन्द्रनगर ।
तरकारीमा कालोबजार भएको जनगुनासो र बढि मुल्य लिन थालेपछि भीमदत्त नगरपालिकाले अनुगमन तिव्र बनाएको छ ।
लकडाउनको समयमा उपभोक्तालाई सहजताका लागि भीमदत्त नगरपालिकाको अगुवाईमा तरकारी तथा खाद्यान्न सहितका अत्यावश्यक बस्तुको आपूर्तिका घुम्ती पसल संचालन गरिएको थियो ।

तरकारी व्यवसायीले लकडाउनको मौकाछोपी अनावश्यक रकम लिन थालेपछि भीमदत्त नगरपालिकाको अनुगमन टिम फिल्डमै खटिएको हो । बिहीबार नगर स्तरिय आपूर्ति तथा व्यवस्थापन समितिले बढि मुल्य लिने तरकारी व्यवसायीलाई पहिलो चरणको कार्बाही गरेको छ ।
अनुगमन समितिका सदस्य एव कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले जनगुनासो बढेपछि बजार अनुगमन गरिएको बताए ।
‘जनगुनासो आयो, त्यसपछि हामीले हरेक तरकारी बिक्रि गर्नेहरुमाथी अनुगमन गरे, ‘उनले भने, ‘बढि मुल्यमा तरकारी बेचेको पाईयो, त्यो रकम फिर्ता पनि गरेका छौँ ।’ केहीलाई सचेत गराएको बताउदै बरिष्ठ उपाध्यक्ष एव अनुगमन सदस्य जोशीले अब उपरान्त उपभोक्ताबाट आचाक्ली मुल्य लिएको पाईए कडा कार्बाहीको चेतावनी दिईयो ।

घुम्ती पसल कालोबजारी र उपभोक्ताबाट बढि मुल्य अशुल्ने भन्दा आम उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै सुविधा दिने भएको उनले बताए । लकडाउनको समयमा समान्य लागत मुल्य भन्दा एक दुई रुपैया नाफा खाएपनि आचाक्ली हिसाबले बढि रकम लिन नहुने उनको भनाई थियो । ‘बजार अनुगमन नियमित हुन्छ, ‘उनले भने, ‘यस्तो संकटको बेला कसैबाट पनि उपभोक्ता ठग्ने काम उचित हुँदैन, यस्ता तत्वहरुलाई कार्बाही गरिन्छ ।’

व्यवसायिकहरुको हकहित र अधिकारको साझा संस्था उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जोशीले विपद्का बेला कुनैपनि व्यवसायीले उपभोक्ता ठग्ने काम गरे कडा कार्बाहीको चेतावनी दिए ।
उद्योग वाणिज्य संघले सबै पालिकामा अत्यावश्यक बस्तुको आपूर्तिका लागि घुम्ती पसल संचालन गर्ने जनाएको छ । केही दिन अघि भीमदत्त नगरका प्रमुख सुरेन्द विष्टको अध्यक्षतामा बसेको विभिन्न सरोकारवाला संघसंस्था, सुरक्षाकर्मी, कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारी, कञ्चनपुर मण्डी व्यवसायी संघका पदाधिकारीको उपस्थितीमा बैठकले विभिन्न निर्णय गरेको थियो ।

बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाईरस.कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले देश भरी लकडाउन गरेको परिप्रेक्ष्यमा गृह मन्त्रालयको निर्णयानुसार खाद्यय आपुर्ती व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहहरुले लिने भन्ने भए बमोजिम भीमदत्त नगरपालिका क्षेत्र भित्र खाद्यान्नको अभाव हुन नदिई आपुर्ती व्यवस्थापनलाई सहज तुल्याउन घरदैलो मै घुम्ती सेवा मार्फत खाद्यान्न आपुर्ती गर्न भीमदत्त नगरका शिक्षा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीको संयोजकत्वमा आपुर्ती व्यवस्थापनको अनुमगन तथा रेखदेख समिति गठन गरिएको थियो । न्याय समिति सदस्य समेत रहेका प्रशान्त भट्ट, उद्योग वाणिज्य संघका बरिष्ड उपाध्यक्ष पिताम्बर जोशी, कृष्ण प्रसाद पाठकमाधव प्रसाद जोशी, वडा प्रहरी कार्यालय प्रमुख मोहनजंग बुढथापा प्रभुनिधि पन्त, लक्ष्मण तिवारी, विशाल सुनार, तर्कराज भट्ट र सदस्य सचिव सुवास अधिकारी रहेका थिए ।

समितिले खाद्य्य आपुर्तीका लागि चामल, पिठो, दाल, तेल, ग्याँस, बेसार (नुन, हलेदो, मसला जन्य वस्तुहरु आदि) तरकारी (आलु, गोवि, प्याज, लौका, फर्सि, बैगन, टमाटर, लगायत तरकारी जन्यबस्तुहरु आदि)का साथै स्थानीय उत्पादनलाई प्राथमिकतामा राखि आपुर्ती व्यवस्थापनमा सहज तुल्याउने निर्णय गरेका थिए ।

आपुर्ती व्यवस्थापनलाई सहज तुल्याउन वडा अध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधित्व हुने गरि वडा स्तरीय समिति गठन गरि खाद्य्य आपुर्ती व्यवस्थापन गर्न निर्देशन गर्ने , आपुर्ती व्यवस्थापनलाई सहज गर्न तपसिल बमोजिम मापदण्ड लागु गर्ने, सामाजिक दुरी कायम गर्न व्यक्ति व्यक्ति विच दुरी कम्तीमा १ मिटर कायम गर्ने, मुल्यसुची सार्वजनिक गरि एकरुपता कायम गर्ने, घुम्ती पसल सञ्चालन गर्नका लागि विद्युतीय रिक्सा तथा ठुला सवारी साधन प्रयोग गर्ने, घुम्ती पसलहरु सञ्चालन गर्दा तोकिएको रुट बमोजिम परिचालन हुने, घुम्ती पसल सञ्चालन कर्ताहरुले सुरक्षाका सामाग्री प्रयोग गरेको हुनु पर्ने, घुम्ती पसल सञ्चालन गर्नका लागि अनुमती प्राप्त गरेको हुने पर्ने र सो व्यानर लगाइएको हुनु पर्ने, बजार वस्तुभाउ भन्दा अधिक मुल्यमा विक्रि गर्न नपाईने, मिसावट तथा अखाद्यय वस्तुहरु हुन नहुने लगायतका निर्णय गरिएका थिए ।

नगर क्षेत्र भित्रका किसानले उत्पादन गरेका तरकारी जन्यवस्तु संकलन तथा वितरणको व्यवस्था कञ्चनपुर मण्डी व्यवसायीय संघले गर्ने, वडास्तरीय समितिले गरेको मागका आधारमा तत् वडाका वडासंग समन्वय गरि खाद्य्य वस्तुको आपुर्तीको व्यस्थापन गठित समितिले गर्ने, आवश्यकता अनुसार अनुगमन समितिले थप निर्णय लिई आपुर्ती व्यवस्थालाई व्यवस्थित गर्न जिम्मेवारी दिने निर्णय गरिएका थिए । भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले अनुगमनको कार्य तिव्र पार्न समितिलाई निर्देशन दिदै अनावश्यक कालोबजारी र आम उपभोक्तालाई समेत विपद्का बेला सहज सचेत रहन आब्हान गरेका छन् ।

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?