लिटिलबुद्धद्धारा १ लाख सहयोग हस्तान्तरण

महेन्द्रनगर- कोरना भाईरस कोडिभ १९को संक्रमणले विश्वसमा त्रास मच्चाईरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिकाले विपद् व्यवस्थापन कोष स्थापना गरेको छ ।

भीमदत्त नगरपालिकाले महेन्द्रनगर स्थित राष्ट्रिय वाणिज्य बैंकमा विपद व्यवस्थापन कोषको खाता समेत खोलेको छ । भीमदत्त नगरपालिकाको विपद् व्यवस्थापन कोषमा एक निजी विद्यालयले रकम सहयोग गरेको छ ।

भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीले विपद् व्यवस्थापन कोषमा एक लाख रुपैया सहयोग गरेको हो । बिहीबार एक कार्यक्रमका विच लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीको नेतृत्वमा भीमदत्त नगरपालिका गएको टिमले एक लाखको चेक भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टलाई हस्तान्तरण गरेका छन् ।

लिटिल बुद्ध एकेडेमीका संचालक समेत रहेका प्रिन्सिपल मौनी संचालक उत्तम थापा, महेन्द्र चन्द, प्रेम बहादुर खातीको टिमले मेयर विष्ट सहित कार्यकारी अधिृकत पुष्कर भट्टलाई संयुक्त रुपमा चेक हस्तान्तरण गर्दै लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल मौनीले कोरना जस्तो महामारीबाट बाँच्न त्यसको सामना गर्नका लागि सहयोग गरेको बताए ।

चेक बुझ्दै भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले भविष्यमा आईपर्ने विपद् सामना र व्यवस्थापनका लागि कोष स्थापना गरेको बताउदै कोषमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोगबाट परिचालन गरिने बताए ।

मेयर विष्टले विपद्बाट पुर्व तयारी र सर्तकता आवश्यक रहेको औल्याएर सहयोगी हातहरुप्रति अभार प्रकट गरे । सहकारी संस्थाबाट सहयोग लाख बढि सहयोगको प्रतिबद्धता भीमदत्त नगरका नगर प्रमुख विष्टले विपद् व्यवस्थापन कोषमा सहकारी संस्थाहरुबाट सहयोग सहयोगको प्रतिबद्धता आएको बताए ।

मेयर विष्टका अनुसार नगर क्षेत्रका ९ सहकारी संस्थाले कोषमा रकम दिने बचन दिएका छन् । उदयदेव बहुउद्देश्यीय सहकारी संस्था र मेघा बचत तथा सहकारी १७ हजार, निङलाशैनी बहुउदेश्सीय सहकारी, सहयात्रा, जनज्योती बचत तथा ऋण सहकारी, सृजनशील बचत तथा ऋण सहकारी, हाम्रो उपभोक्ता सहकारी, युवा बचत सहकारी र सुर्योदय सहकारी संस्थाले ११ हजारका दरले एक लाख ११ हजार रुपैया कोषमा जम्मा गर्ने बचन दिएका छन् । उनीहरुले पनि केहीदिन भित्रै चेक दिने जनाएका छन् ।

भीमदत्त नगरपालिकाले विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरिदिन अपिल गरेको छ । भीमदत्त नगरपालिकाले राष्ट्रिय वाणिज्य बंैंक शाखा महेन्द्रनगरको भीमदत्त प्रकोप व्यवस्थापन कोष (ग–७–२) ४१८००३०७०२०००२ मा रकम जम्मा गरेर सहयोग गरिदिन आब्हान गरेको छ ।

मुख्य सीमा नाका भारतसगै जोडिएको भीमदत्त नगरपालिकाले गड्डाचौकीमा २३ फागुनदेखि हेल्थ डेस्क स्थापना गरेर भारतबाट स्वदेश फर्किने नेपालीको स्वास्थ्यचेकअफ देखि घरदैलो अभियान संचालन गरेको छ ।
भीमदत्त नगरपालिकाले १सय बेडको क्वारेन्टाईन निर्माणदेखि कोरना सचेतना कार्यक्तम निरन्तर जारी राखेको छ ।

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?