डब्लुएचओको पछिल्लो तथ्यांक अनुसार कोरोनाबाट कुन देश कति प्रभावित ?

काठमाडौँ । चार महिनादेखि सिंगो मानवजातिलाई नै हैरान बनाएको कोरोना भाइरस कहिले अन्त्य होला भन्ने यकिन अझै हुन सकेको छैन । विज्ञहरु नै यसको आंकलन गर्न सकिरहेका छेनन् । केही त दुई वर्षसम्म पनि यसको असर देखिनसक्ने बताउँछन् । विश्वका १ सय ९९ देशका जनताहरु भने महामारीको असर भोग्न मात्रै बाध्य छन् ।

कहाँ कति ?

विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबारसम्म १ सय ९९ देशका ५ लाख ४२ हजार ५ सय ३३ मानिस संक्रमित छन् । जसमध्ये ३ लाख ९१ हजार ९ सय ७ नयाँ संक्रमित हुन् ।

२४ हजार ३ सय ६९ को मृत्यु भइसकेको छ । प्रतिशतमा हेर्दा प्रारम्भिक अवस्थामा भन्दा अहिले मृत्युदर बढेको हो । तर अहिलेसम्म १ लाख २६ हजार २ सय ५७ को उपचार भइसकेको छ । संक्रमितमध्ये गम्भीर अवस्थाका बिरामी १९ हजार ९ सय ६९ छन् भने मध्यम अवस्थामा ३ लाख ७१ हजार ९ सय ३८ छन् ।

कुन देश बढी प्रभावित ?

अमेरिकाः चीनबाट सुरु भएको कोरोना संक्रमण अमेरिकामा अहिले सबैभन्दा तीव्र गतिमा फैलिएको छ । अमेरिकामा ८५ हजार ७ सय ४९ संक्रमित भइसकेका छन् । जुन विश्वकै सबैभन्दा धेरै संक्रमित संख्या हो । जसमध्ये अमेरिकामा ३ सय १४ नयाँ संक्रमित छन् । १ हजार ३ सय ४ को मृत्यु भइसकेको छ । १ हजार ८ सय ६८को उपचार पनि भएको छ । तर थप २ हजार १ सय २२ संक्रमित गम्भीर अवस्थामा पुगेका छन् ।

चीनः चीनको वुहानमा मात्रै संक्रमण सिमित हुँदा विश्वकै सबैभन्दा धेरै प्रभावित देश चीन नै थियो । अहिले चीन दोस्रो बढी संक्रमित संख्या भएको देशमा परेको छ । यहाँ ८१ हजार ३ सय ४० संक्रमित छन् । तीमध्ये १ हजार ३४ जना बिरामीको अवस्था गम्भीर छ । चीनमा मृत्युको संख्या भने ३ हजार २ सय ९२ पुगेको छ । तर ७४ हजार ५ सय ८८ को उपचार भइसक्यो ।

इटालीः इटाली पनि तीव्र रुपमा संक्रमण फैलिएको देशमध्ये एक हो । जहाँ छोटो समयमै सयौंको मृत्यु हुनुका साथै संक्रमित संख्या ८० हजार ५ सय ८९ पुगिसकेको छ । यो तेस्रो ठूलो संक्रमित संख्या हो । हालसम्म ८ हजार २ सय १५ को मृत्यु भइसकेको छ । १ हजार ३ सय ६१ को उपचार भयो भने ३ हजार ६ सय गम्भीर अवस्थामा पुगेका छन् ।

स्पेनः धेरै संक्रमित हुने देशमा स्पेन चौथो स्थानमा छ । जहाँ केही हप्तामै ५७ हजार ७ सय ८६ संक्रमित भए । ४ हजार ३ सय ६५ को मृत्यु भएको छ । तर ७ हजार जनाको उपचार भइसकेको छ । संक्रमितमध्ये ३ हजार १ सय गम्भीर अवस्थामा छन् ।

जर्मनीः जर्मनीमा ४७ हजार २ सय ७८ संक्रमित भइसकेका छन् । तीमध्ये ५ हजार ६ सय ७३ को उपचार भइसकेको छ । २ सय ८१ को मृत्यु भइसकेको छ ।

इरानः कोरोनाबाट अति प्रभावित देश इरान पनि हो । जहाँ ३२ हजार ३ सय ३२ संक्रमित छन् । जसमध्ये ११ हजार १ सय ३३ को उपचार भयो । तर २ हजार ३ सय ७८ को मृत्यु भइसकेको छ ।

फ्रान्सः फ्रान्समा २९ हजार १ सय ५५ संक्रमित भएका छन् । ४ हजार ९ सय ४८ को उपचार भयो । १ हजार ६ सय ९६ को मृत्यु भइसकेको छ ।

स्वीट्जरल्याण्डः स्वीट्जरल्याण्डमा ११ हजार ९ सय ९१ संक्रमित भएका छन् । १ सय ९७ को मृत्यु भयो । ८ सय ९७ को उपचार भयो ।

युकेः बेलायतमा ११ हजार ६ सय ५८ संक्रमित छन् । ५ सय ७८ को मृत्यु भइसकेको छ भने १ सय ३५ को उपचार भयो । बेलायत पनि तीव्र संक्रमण फैलने मुलुकमध्ये एक हो ।

दक्षिण कोरियाः प्रारम्भिक अवस्थामा ह्वात्तै संक्रमण फैलिए पनि कोरियाले छोटो समयमा नै नियन्त्रण गर्यो । यद्यपि, संक्रमितको संख्या ९ हजार ३३२ पुगेको छ । जसमध्ये ४ हजार ५ सय २८ को उपचार भइसक्यो । १ सय ३९ को मृत्यु भइसकेको छ ।

नेदरल्याण्डः नेदरल्याण्डमा ७ हजार ४ सय ३१ संक्रमित भए । ४ सय ३४ को मृत्यु भएको छ । भने ३ जनाको मात्रै उपचार भयो ।

बेल्जियमः यहाँ ७ हजार २ सय ८४ संक्रमित भइसकेका छन् । २ सय ८९ को मृत्यु भयो । ८८ जनाको उपचार भयो ।

अस्ट्रियाः यहाँ संक्रमितको संख्या ७ हजार १ सय ९६ पुगेको छ । ५८ जनाको मृत्यु भयो भने २ सय २५ को उपचार भइसकेको छ ।

क्यानडाः क्यानडामा ४ हजार ४३ संक्रमितमध्ये २ सय २८ जनाको उपचार भइसक्यो । ३९ जनाको मृत्यु भयो ।

टर्कीः टर्कीका भने ३ हजार ६२९ संक्रमितमध्ये अहिलेसम्म २६ जनाको मात्रै उपचार भयो । ७५ जनाको मृत्यु भइसकेको छ ।

पेर्चुगलः ३ हजार ५ सय ४४ संक्रमित भएको पोर्चुगलमा ६० जनाको मृत्यु भयो । ४३ जना उपचारपछि घर फर्किएका छन्

नर्वेः नर्वे कोरोना प्रभावित देश भए पनि यहाँको सरकारले नियन्त्रण गरिराखेको छ । अहिलेसम्म १५ जनाको मृत्यु भएको छ भने ३ हजार ४ सय २३ संक्रमित छन् । अहिलेसम्म ६ जनाको उपचार भयो ।

अस्ट्रेलियाः ३ हजार १ सय ६६ संक्रमित भएकोमा १३ जनाको मृत्यु भएको छ । १ सय ७० जना उपचारपछि घर फर्किए ।

इजरायलः ३ हजार ३५ जना संक्रमित भएकोमा इजरायलमा १० को मृत्यु भयो । ७९ जनाको उपचार सम्भव भयो ।

ब्राजिलः कडा नियन्त्रण प्रयासका बावजुद यहाँ २ हजार ९ सय ८८ संक्रमित छन् । ७७ जनाको मृत्यु भयो भने ६ को मात्रै उपचार भएको छ ।

स्वेडेनः स्वेडेनमा २ हजार ८ सय ५८ संक्रमित भएका छन् । तीमध्ये १६ जनाको उपचार भयो भने ७७ को मृत्यु भइसकेको छ ।

मलेसियाः प्रारम्भिक चरणमै संक्रमण फैलिएको मलेसियामा अहिलेसम्म २ हजार १ सय ६१ संक्रमित भएका छन् । यो युरोपेली देशको तुलनामा नियन्त्रण भएको हो । साथै २६ जनाको मृत्यु भएको छ भने २ सय ५९ को उपचार भयो ।

जापानः जापान पनि प्रारम्भिक चरणमै संक्रमण फैलने मुलुकमध्ये एक हो । जहाँ १ हजार ३ सय ८७ संक्रमित छन् । ४७ जनाको मृत्यु भयो भने ३ सय ५९ को उपचार भयो ।

पकिस्तानः पाकिस्तानमा भने १ हजार २ सय ५२ संक्रमित भइसकेका छन् । ९ जनाको मृत्यु भइसक्यो भने २३ जनाको उपचार सम्भव भएको छ ।

साउदी अरेयिबाः साउदीमा १ हजार १२ जना संक्रमित छन् । ३ जनाको मृत्यु भयो । ३३ जना उपचारपछि घर फर्किएका छन् ।

भारतः भारतमा ७ सय ७५ जना संक्रमित भेटिएका छन् । यद्यपि यहाँ शंकास्पदमध्ये धेरैको परीक्षण गर्न बाँकी रहेको बताइएको छ । अहिलेसम्म २० जनाको मृत्यु भइसकेको छ भने ७१ जनाको उपचार भइसकेको छ ।

नेपालमा भने अहिलेसम्म ३ जना मात्रै संक्रमित भेटिएका छन् । तीमध्ये एकजनाको उपचार भइसकेको छ । यद्यपि शंकास्पद सयौंको परीक्षण हुन सकिरहेको छैन । यसवाहेक उत्तर कोरिया, क्युबा लगायत कोरोना महामारी नफैलिएका विश्वभर १० वटा मात्रै देश छन् । बलियो र अत्याधुनिक संरचना भएका देश समेत महामारीबाट मुक्त हुन रातदिन प्रयासरत छन् ।अन्नपुर्ण

ताजा खबर

सेनाको गोरखनाथ गण भुपु सैनिकको पुर्नमिलन कार्यक्रम 

कञ्चनपुर, चैत्र २  नेपाली सेनाको गोरखनाथ गणका पुर्व सैनिक कर्मचारीहरुको...

पुनर्वास नगरपालिका–०४ राप्रपा वडा कमिटिको अध्यक्षमा बिष्ट

  नरेन्द्र गुरुङ्ग पुर्नवास ०२ चैत कञ्चनपुरको पूर्नवास नगरपालिका–०४ मा राष्ट्रिय...

मोवाईल व्यवसायी आचार्यद्वारा बृद्धाआश्रममा लुगाकपडा तथा खाद्यान्न सहयोग

महेन्द्रनगर ०२ चैत ।  मोवाईल व्यवसायी धर्मदेव आचार्यले कञ्चनपुरको एक...

लक्ष्मी माविको सम्पन्न धार्मिक तथा विज्ञान महोत्सवको आय/व्याय सार्वजनिक

महेन्द्रनगर २४ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा रहेको लक्ष्मी माविले विद्यालयमा...

माओवादी केन्द्र भीमदत्त २ काे वडाध्यक्षमा पार्की

कञ्चनपुर, फागुन २४ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका २को वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?