कञ्चनपुर लकडाउनः महेन्द्रनगर बजार सुनसान(फोटो/भिडियो)

महेन्द्रनगर । आज बाट जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक काम बाहेक घरबाट बाहीर निस्कन प्रतिबन्ध लगाएको छ ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागी घर बाहीर निस्कन प्रतिबन्ध लगाइएको हो ।

आइतवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको विपद व्यवस्थापनको बैठकले आज(सोमवार) बाट अर्को सुचना नआउँदा सम्मका लागि जिल्ला बन्द गर्ने निर्णय गरेको हो ।

भाइरस संक्रमण बाट बच्न र फैलन नदिन सोमवार देखी जिल्लामा खाद्यान्न पसल,मेडिकल तथा अस्पताल, पेट्रोल पम्प, बाहेक अन्य सवै उद्योग,कलकारखाना, कार्यालय, व्यापार व्यवसाय, बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।

उनले भने ‘अत्यावश्यकका सेवा तथा व्यवसाय बाहेक सबै सेवा तथा व्यावसाय बन्द गरीने छन् ।’ उनले थपे ‘बैङकहरुमा पनि अति आवश्यक काम मात्र सञ्चान हुने छन् र उद्धार तथा राहात कार्य बाहेक अन्य प्रायोजनका लागी यातायात साधन पनि प्रयोग गर्न पाइने छैन ।’

त्यस्तै आवश्यक काम बाहेक अनावश्यक बजारमा हिडडुल तथा घुम्न समेत नपाइने उनले बताए । उनले भने ‘अनावश्यक रुपमा बजारमा हिडडुल गर्न पनि पाइने छैन ।’

जिल्ला प्रशासनको उक्त निर्णय कार्यान्यवनका लागी सोमवार राती १२ बजेबाट नै सुरक्षाकर्मीको टोली खटाइएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयले अति आवश्यक काम बाहेक बजार ननिस्कन, बढी भिडभाडमा नजान, घरमै सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध समेत गरेको छ ।

यदि कसैले नियम पालन नगरी सरकार तथा प्रशासनलाई अटेर गरेमा कानुन बमोजिम कारर्वाही गरीने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रविन्द्र पौडेलले जानकारी दिए ।

त्यस्तै प्रशासनले अत्यावश्य काम बाहेक घर बाहीर निस्कन प्रतिबन्ध लगाएपछि कञ्चनपुरका प्रमुख बजार महेन्द्रनगर, झलारी, बेलौरी सुनसान भएका छन् ।

मंगलवार देखी सबै नाका बन्द
मंगवार देखी कञ्चनपुरका भारत संग जोडीएका सबै नाका बन्द हुने भएका छन् ।

भारतमा पनि महामारीको रुपमा फैलीरहेको कारोना भाइरस नेपाल भित्रिन नदिन भारत संग जोडीएका कञ्चनपुरका सबै नाका बन्द गरीने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

उनले भने ‘मंगवार देखी कञ्चनपुरका सबै नाका बन्द गरीने छन् । नाका बाट कोही पनि नेपाल भित्रिन र नेपाल बाट भारत जान पाउने छैनन् ।’

 

 

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?