कञ्चनपुर लकडाउनः महेन्द्रनगर बजार सुनसान(फोटो/भिडियो)

महेन्द्रनगर । आज बाट जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक काम बाहेक घरबाट बाहीर निस्कन प्रतिबन्ध लगाएको छ ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागी घर बाहीर निस्कन प्रतिबन्ध लगाइएको हो ।

आइतवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको विपद व्यवस्थापनको बैठकले आज(सोमवार) बाट अर्को सुचना नआउँदा सम्मका लागि जिल्ला बन्द गर्ने निर्णय गरेको हो ।

भाइरस संक्रमण बाट बच्न र फैलन नदिन सोमवार देखी जिल्लामा खाद्यान्न पसल,मेडिकल तथा अस्पताल, पेट्रोल पम्प, बाहेक अन्य सवै उद्योग,कलकारखाना, कार्यालय, व्यापार व्यवसाय, बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।

उनले भने ‘अत्यावश्यकका सेवा तथा व्यवसाय बाहेक सबै सेवा तथा व्यावसाय बन्द गरीने छन् ।’ उनले थपे ‘बैङकहरुमा पनि अति आवश्यक काम मात्र सञ्चान हुने छन् र उद्धार तथा राहात कार्य बाहेक अन्य प्रायोजनका लागी यातायात साधन पनि प्रयोग गर्न पाइने छैन ।’

त्यस्तै आवश्यक काम बाहेक अनावश्यक बजारमा हिडडुल तथा घुम्न समेत नपाइने उनले बताए । उनले भने ‘अनावश्यक रुपमा बजारमा हिडडुल गर्न पनि पाइने छैन ।’

जिल्ला प्रशासनको उक्त निर्णय कार्यान्यवनका लागी सोमवार राती १२ बजेबाट नै सुरक्षाकर्मीको टोली खटाइएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयले अति आवश्यक काम बाहेक बजार ननिस्कन, बढी भिडभाडमा नजान, घरमै सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध समेत गरेको छ ।

यदि कसैले नियम पालन नगरी सरकार तथा प्रशासनलाई अटेर गरेमा कानुन बमोजिम कारर्वाही गरीने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रविन्द्र पौडेलले जानकारी दिए ।

त्यस्तै प्रशासनले अत्यावश्य काम बाहेक घर बाहीर निस्कन प्रतिबन्ध लगाएपछि कञ्चनपुरका प्रमुख बजार महेन्द्रनगर, झलारी, बेलौरी सुनसान भएका छन् ।

मंगलवार देखी सबै नाका बन्द
मंगवार देखी कञ्चनपुरका भारत संग जोडीएका सबै नाका बन्द हुने भएका छन् ।

भारतमा पनि महामारीको रुपमा फैलीरहेको कारोना भाइरस नेपाल भित्रिन नदिन भारत संग जोडीएका कञ्चनपुरका सबै नाका बन्द गरीने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

उनले भने ‘मंगवार देखी कञ्चनपुरका सबै नाका बन्द गरीने छन् । नाका बाट कोही पनि नेपाल भित्रिन र नेपाल बाट भारत जान पाउने छैनन् ।’

 

 

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?