निर्भयाका चारै दोषीको आज अन्तिम दिनः अक्षयकी श्रीमतीले दिइन् सम्बन्धविच्छेदको निवेदन

एजेन्सी
१६ डिसेम्बर २०१२ को रातदेखि आजसम्म ७ वर्ष ३ महिना र ३ दिन बितिसकेको छ । उनलाई बलात्कार गर्ने चारै दोषी– मुकेश सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षय ठाकुरले मृत्युदण्ड रोक्न विभिन्न तरिका अपनाए र अन्तिम दिनसम्म पनि यही कसरतमा छन् । मृत्युदण्डको दुई दिनअघि मात्रै दोषी अक्षयकी श्रीमती पुनिताले बिहारको औरंगाबाद जिल्लाको अदालतमा सम्बन्धविच्छेदको निवेदन दिइन् । उनले ‘म विधवाको रुपमा बाँच्न चाहन्नँ त्यसकारण मृत्युदण्ड अघि कानूनी रुपमा हाम्रो सम्बन्धविच्छेद होस्’ भन्दै सम्बन्धविच्छेदको माग गरिन् ।

उनको यो निवेदनपछि प्रश्न यो उठ्छ कि दोषीको मृत्युदण्डको सजायँ यसपटक पनि रोकिएला रु यसको जवाफ हो ‘रोकिँदैन’ । एक भारतीय सञ्चार माध्यमले ३५ वर्षसम्म तिहाड जेलमा कानूनी अधिकारीको रुपमा कार्यरत सुनिल गुप्ता र वरिष्ठ वकिल उज्ज्वल निकमले सम्बन्धविच्छेद ‘सिभिल मामला’ मा आउने र मृत्युदण्ड ‘क्रिमिनल मामला’ मा आउने भएकोले क्रिमिनल मामलामा सिभिल मामलाले असर नगर्ने जानकारी दिएका छन् । त्यसकारण मार्च २० तारिख बिहान साढे ५ बजे निश्चित भएको मृत्युदण्ड रद्द हुने सम्भावना शून्य बराबर छ ।

सम्बन्धविच्छेदको निवदेश मृत्युदण्ड रोक्ने एउटा कोसिस मात्रैः

सम्बन्धविच्छेदको मामला विचाराधीन भएका कारण दोषीले डेथ वारेन्टको मिति अघि सार्न वा रद्द गर्न अपिल गर्नसक्छन् रु यो प्रश्नको जवाफमा सुनिल र उज्ज्वल निकमले भने, ‘दोषीले के गर्लान् त्यो उनीहरुमा नै निर्भर हुन्छ तर यदि दोषीले निवेदन दिइहाले पनि अदालतले अब उनीहरुको मृत्युदण्ड रोक्न सक्दैन ।’

उज्ज्वल निकमका अनुसार अक्षयकी श्रीमतीले मृत्युदण्ड रोकियोस् भनेर सम्बन्धविच्छेदको निवेदन दिएकी हुन् । तर कानूनले सम्बन्धविच्छेदका कारण दोषीको मृत्युदण्ड रोक्न सक्दैन ।

तर दोषीका वकिल एपी सिंहले भने, ‘पीडितले न्याय पाउनुपर्छ’

दोषीका वकिल एपी सिंह अहिले पनि पीडितले न्याय पाउनुपर्ने कुरामा अडिग छन् । उनले भने, ‘उनी [अक्षयकी श्रीमती] पीडित हुन् । उनको अधिकार हो । यदि उनलाई [अक्षय] लाई मृत्युदण्ड दिइयो भने उनकी श्रीमतीको अधिकार के होला रु उनी त विधवा हुनेछिन् । उनी त जवान थिइन् । उनको एक वर्षअघि मात्रै विवाह भएको थियो र दुई महिनाका छोरा थिए । त्यतिबेलादेखि अक्षय जेलमा छन् ।’

जब उनलाई सम्बन्धविच्छेदको निवेदन परेको छ, के मृत्युदण्ड रोकिन्छ भनेर प्रश्न सोधियो तब उनले भनिन्, ‘हाम्रो हिसाबले त रोकिनुपर्छ ।’ यस्तै अर्को प्रश्नमा सोधियो, ‘के यसै आधारमा डेथ वारेन्टलाई चुनौती दिनुहुन्छ रु’ यसबारे एपी सिंहले भने, ‘दिइसक्यौं । हामीले पिटिशन फाइल गरिसकेका छौं । र जतिपनि लिगल रेमेडिज बाँकी छ त्यो पनि हामीले फाइल गरिसकेका छौं । अक्षय र पवनको दोस्रो दया याचिका राष्ट्रपति समक्ष विचाराधीन छ । लेफ्टिनेन्ट गभर्नरसमक्ष पनि विचाराधीन छ ।

आज निर्भयाका दोषीको अन्तिम दिन हुनसक्ने तीन कारणः

१. १४ दिनको समय समाप्तः

सर्वोच्च अदालतको गाइडलाइनले भन्छ कि डेथ वारेन्ट र मृत्युदण्डको मितिमा १४ दिनको अन्तर हुनुपर्छ । दोषीको डेथ वारेन्ट मार्च ५ मा जारी भएको थियो ।

२. सबै कानूनी विकल्प समाप्तः

मृत्युदण्डको सजायमा दोषीका सबै कानूनी विकल्प प्रयोग गर्ने अधिकार हुन्छ र चारै दोषीले आफ्नो सबै कानूनी अधिकार प्रयोग पनि गरेका छन् । चारैजनाको रिभ्यु पिटिशन, क्यूरेटिभ पिटिशन र दया याचिका पनि खारेज भइसकेको छ ।

३. आज पनि कुनै निवेदन परे मृत्युदण्ड रोकिने सम्भावना कमः

यदि दोषीले मृत्युदण्ड रोक्नका लागि आज पनि कुनै निवेदन दिन्छन् भने उनीहरुको मृत्युदण्ड रोकिने सम्भावना निकै कम छ । किनभने याकूब मेमनले मृत्युदण्ड हुनु एकदिन अघि राष्ट्रपति समक्ष दया याचिका पठाएका थिए । उनको दया याचिका खारेज भएपछि उनका वकिल राती पनि सर्वोच्च अदालत गएका थिए तरपनि उनको मृत्युदण्ड रोकिएको थिएन ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?