किन एकाएक स्थगित भयो परीक्षा ?

कोरोनाबारे निर्णय गर्न सरकारले उपप्राधानमन्त्री पोखरेलको नेतृत्वमा समन्वय समिति बनाएको छ । यो समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो ।

तर लगतै बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी [नेकपा]को सचिवालय बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखे । त्यही आधारमा उपप्रधानमन्त्री पोखरेलले दिउँसो बसेको समन्वय समितिकै निर्णय हुने गरी परीक्षा स्थगितको घोषणा गरेका हुन् ।

स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष करिब ५ लाख विद्यार्थीले एसईई दिँदै थिए ।अनलाइनखबर

ताजा खबर

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

हट्यो,उपत्यकामा दिउँसोको कर्फ्यु

भदौ २७ काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?