कोरोना भाइरसः इटलीमा कोरोनाबाट ज्यान जानेको संख्या २५०० नाघ्यो,एकै दिनमा ३ सय ४६ जनाको मृत्यु

काठमाडौं । चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटलीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान जानेको संख्या २ हजार ५ सय नाघेको छ ।

 

इटलीमा बितेको २४ घण्टामा थप ३ सय ४६ कोरोना संक्रमितको ज्यान गएको छ । यो एकै दिन भएको अहिलेसम्मकै उच्च मृत्यु हो । योसँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ३ पुगेको छ ।

 

वर्ल्डओमिटर्सका अनुसार, ३१ हजार ५ सय ६ जना संक्रमित छन् । बितेको २४ घण्टामा मात्रै २ हजार ५ सय ३ मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित २ हजार ९ सय ४१ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् ।

 

स्पेनमा २४ घण्टामा १९१ जनाको मृत्यु

उता, अर्को युरोपियन देश स्पेनलाई पनि कोरोनाले सताएको छ । यहाँ पछिल्लो २४ घण्टामा १९१ मानिसको ज्यान गएको छ ।

 

योसँगै कोरोनाबाट स्पेनमा ज्यान गुमाउनेको संख्या ५ सय ३३ पुगेको छ । फ्रान्समा १ सय ७५ र जर्मनीमा २६ जनाको ज्यान गएको छ ।

 

कोरोनाविरुद्ध लड्न विभिन्न उपाय अवलम्बन गरेका युरोपेली युनियन [ईयू] सम्बद्ध राष्ट्रहरूले मृत्यु र संक्रमणदर ह्वात्तै बढेपछि सतर्कता अपनाइरहेका छन् । यही क्रममा ईयूले २६ देशका सीमा नाका ३० दिनका लागि बन्द गर्ने निर्णय लिएका छन् ।

 

कोरोना भाइरसबाट बितेको २४ घण्टामा विश्वभर ८२६ जनाको मृत्यु भएको छ ।

 

संक्रमणदर घट्दो क्रममा रहेको चीनमा भने पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । संक्रमणदर पनि चीनले ह्वात्तै घटाएर दुई अंकमा झारेको छ । हाल चीनमा कोरोनाको संक्रमण दर १३ देखिन्छ ।अनलाइनखबर

ताजा खबर

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?