कोरोना भाइरसः इटलीमा कोरोनाबाट ज्यान जानेको संख्या २५०० नाघ्यो,एकै दिनमा ३ सय ४६ जनाको मृत्यु

काठमाडौं । चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटलीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान जानेको संख्या २ हजार ५ सय नाघेको छ ।

 

इटलीमा बितेको २४ घण्टामा थप ३ सय ४६ कोरोना संक्रमितको ज्यान गएको छ । यो एकै दिन भएको अहिलेसम्मकै उच्च मृत्यु हो । योसँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ३ पुगेको छ ।

 

वर्ल्डओमिटर्सका अनुसार, ३१ हजार ५ सय ६ जना संक्रमित छन् । बितेको २४ घण्टामा मात्रै २ हजार ५ सय ३ मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित २ हजार ९ सय ४१ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् ।

 

स्पेनमा २४ घण्टामा १९१ जनाको मृत्यु

उता, अर्को युरोपियन देश स्पेनलाई पनि कोरोनाले सताएको छ । यहाँ पछिल्लो २४ घण्टामा १९१ मानिसको ज्यान गएको छ ।

 

योसँगै कोरोनाबाट स्पेनमा ज्यान गुमाउनेको संख्या ५ सय ३३ पुगेको छ । फ्रान्समा १ सय ७५ र जर्मनीमा २६ जनाको ज्यान गएको छ ।

 

कोरोनाविरुद्ध लड्न विभिन्न उपाय अवलम्बन गरेका युरोपेली युनियन [ईयू] सम्बद्ध राष्ट्रहरूले मृत्यु र संक्रमणदर ह्वात्तै बढेपछि सतर्कता अपनाइरहेका छन् । यही क्रममा ईयूले २६ देशका सीमा नाका ३० दिनका लागि बन्द गर्ने निर्णय लिएका छन् ।

 

कोरोना भाइरसबाट बितेको २४ घण्टामा विश्वभर ८२६ जनाको मृत्यु भएको छ ।

 

संक्रमणदर घट्दो क्रममा रहेको चीनमा भने पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । संक्रमणदर पनि चीनले ह्वात्तै घटाएर दुई अंकमा झारेको छ । हाल चीनमा कोरोनाको संक्रमण दर १३ देखिन्छ ।अनलाइनखबर

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?