महेन्द्रनगरमा छायांकन गरीएको ‘द’ वा’र अ’फ ग्या’ङगस्टरस्’ चलचित्र बैशाखमा रि’लिज हुने

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा छायांकन गरीएको नेपाली चलचित्र ‘द वार अफ ग्याङगस्टरस्’ आउदो बैशाखमा रिलिज हुने भएको छ ।

पछिल्लो समयमा युवयुवती तथा ग्याङगस्टरसको रहन–सहन, आनीबानी तथा उनिहरुको जीवनीे झल्काउने गरी निर्माण गरीएको उक्त नेपाली चलचित्र आउदो बैशाखमा रिलिज हुने ‘द वार अफ ग्याङगस्टरस्’का निर्देशक कमल सुनारले बताए ।

उनले भने ‘ग्याङगस्टरसको लाईफ(जीवनी)लाई झल्काउने गरी चलचित्र निर्माण गरेका छौ ।’ उनले थपे‘कोरोना भाइरसले कुनै समस्या नगरे चलचित्र आउदो बैशाखमै रिलिज हुन्छ ।’

१० लाख लगानीमा निर्माण गरीएको उक्त चलचित्रको जम्मा आम्दानीको ५ प्रतिशत महेन्द्रनगर स्थित महाकाली समाज कल्याण अञ्चल बाल अनाथालयलाई सहयोग गरीने निर्देशक सुनारले बताए ।

लोकेन्द्र साउँदको निर्मातामा निर्माण गरीएको चलचित्रमा धिरज जोशी, कमल सुनार, अञ्जली कोहली, नरेन्द्र चौधरी, प्रकाश चुनारा निरज सिंह साउँद लगायतका कलाकारहरु रहेका निर्देशक सुनारले जानकारी दिए ।

चलचित्रले एउटा राम्रो संदेशमुलक, मनोरञ्जनात्मक भएको र चलचित्रको जम्मा आम्दानीको ५ प्रतिशत अनाथ बालवालिकाहरुमा लगानी गरीने भएकोले सबैलाई चलचित्र हेर्न निर्देशक सुनारले अनुरोध गरेका छन् ।

ताजा खबर

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?