समाजसेवी पन्तद्धारा ‘एमएन’नामक परोपकारी ट्रष्टकोष स्थापना

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका–७ खैरेनीका समाजसेवी भास्कर पन्तले ‘एमएन’ नामक परोपकारी ट्रष्टकोष स्थापना गरेका छन् ।

विहिवार आफ्नो २१ औँ जन्मउत्सवका अवसरमा बुवा महेश पन्त र आमा नारायणी पन्तको नाममा ‘एमएन’ नामक परोपकारी ट्रष्टकोषको स्थापना गरेको समाजसेवी पन्तले बताए ।

देशमा रहेका विपन्न परिवारका बालवालिकाहरुको शिक्षा तथा स्वास्थ्य लगाएत अन्य सामाजिक क्षेत्रमा लगानी गर्ने मुलउद्देश्य सहित उक्त परोपकारी ट्रष्टकोष्को स्थापना गरीएको उनले बताए ।

उनले भने‘विपन्न बालवालिकाहरुको शिक्षा तथा स्वास्थ्य लगायत अन्य सामाजिक कार्यमा लगानी गर्ने उद्देश्यले यो ट्रष्टकोष स्थापना गरीएको हो ।’ उनले थपे ‘ हाल १० हजार रुपैया जम्मा गर्दै उक्त ट्रष्टकोष स्थापना गरेको छु ।, अब प्रत्यक महिना म मेरो जम्मा कमाईको २० प्रतिशत ट्रष्टकोषमा जम्मा गर्दै जानेछु ।’

समाजसेवी पन्त कञ्चनपुरको महेन्द्रनगर स्थित मीतजी इनकर्पोरेट प्राइभेट लिमिटेडका संस्थापक हुन् ।

लियो क्लव अफ शुक्लाफँटा स्माइलका संस्थापक अध्यक्ष समेत रहेको पन्त यस्ता समाजिक कार्यमा निरन्तर गर्दै आएका छन् ।

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?