समाजसेवी पन्तद्धारा ‘एमएन’नामक परोपकारी ट्रष्टकोष स्थापना

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका–७ खैरेनीका समाजसेवी भास्कर पन्तले ‘एमएन’ नामक परोपकारी ट्रष्टकोष स्थापना गरेका छन् ।

विहिवार आफ्नो २१ औँ जन्मउत्सवका अवसरमा बुवा महेश पन्त र आमा नारायणी पन्तको नाममा ‘एमएन’ नामक परोपकारी ट्रष्टकोषको स्थापना गरेको समाजसेवी पन्तले बताए ।

देशमा रहेका विपन्न परिवारका बालवालिकाहरुको शिक्षा तथा स्वास्थ्य लगाएत अन्य सामाजिक क्षेत्रमा लगानी गर्ने मुलउद्देश्य सहित उक्त परोपकारी ट्रष्टकोष्को स्थापना गरीएको उनले बताए ।

उनले भने‘विपन्न बालवालिकाहरुको शिक्षा तथा स्वास्थ्य लगायत अन्य सामाजिक कार्यमा लगानी गर्ने उद्देश्यले यो ट्रष्टकोष स्थापना गरीएको हो ।’ उनले थपे ‘ हाल १० हजार रुपैया जम्मा गर्दै उक्त ट्रष्टकोष स्थापना गरेको छु ।, अब प्रत्यक महिना म मेरो जम्मा कमाईको २० प्रतिशत ट्रष्टकोषमा जम्मा गर्दै जानेछु ।’

समाजसेवी पन्त कञ्चनपुरको महेन्द्रनगर स्थित मीतजी इनकर्पोरेट प्राइभेट लिमिटेडका संस्थापक हुन् ।

लियो क्लव अफ शुक्लाफँटा स्माइलका संस्थापक अध्यक्ष समेत रहेको पन्त यस्ता समाजिक कार्यमा निरन्तर गर्दै आएका छन् ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?