पैसा माग्दा महिलामाथि ए’सिड प्र’हार

अर्घाखाँची – कपिलवस्तुमा एक पुरुषले महिलामाथि ए’सिड प्रहा’र गरेका छन्। जिल्लाको महाराजगंज नगरपालिका-१ की बेमदेवी गुप्ताको निधार र शरीरमा सोही ठाउँका हरि नारायण बरईले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।

घटना शुक्रबार राति ८ बजे घटेको जनाइएको छ। ए’सिड आ’क्रमणबाट गुप्ता घाइते भएकी छिन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार उनको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि थप उपचारको लागि भैरहवा रिफर गरिएको छ।

गुप्ताको निधार र शरीरका विभिन्न स्थानमा ए’सिडको असर गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

बरईले क्रिकेट व्याड भाचेको र त्यसको पैसा माग्दा गुप्तामाथि ए’सिड हानेको प्रहरीले जनाएको छ। बरईले ब्याट्रीको पसल सञ्चालन गर्दै आएको पनि बुझिएको छ।

उनको साथबाट प्रहरीले ५ लिटर एसि’डसमेत वरामद गरेको छ। उनलाई नियन्त्रणमा लिएर ज्या’न मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

बरईले गुप्तामाथि किन एसि’ड प्र’हार गरे भन्‍ने विषयमा पनि अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?