यात्रु बोकेको जीप भीरबाट खस्यो, ठुलो हताहती

सुर्खेत – सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकैको भिरबाट यात्रु बोकेको जीप खसेको छ।

सुर्खेतको चिङगाड गाँउपालिका वडा नम्बर ६ पाम्काबाट यात्रु बोकेर सुर्खेतको वीरेन्द्रनगर तर्फ आउदै गरेको जीप भीरबाट तल खसेको प्रत्यक्षदर्शी चिङगाड गाँउपालिका अध्यक्ष देव बहादुर चन्दले जानकारी दिए।

चन्दकाअनुसार गाडी सडकबाट २–३ सय मिटिर तल खसेको छ। सडकबाट गाडी खसेको स्थान देख्न सकिएको छैन्।

जीप चालकलाई घाईते अवस्थामा उद्दार गरिएको छ। जीपमा यात्रु खचाखच भएको भए पनि एकीन संख्या थाहा हुन सकेको छैन्। घटना स्थलमा उद्धारको लागि प्रहरी पुगेको छ।

ट्राफिक प्रहरी हवल्दार कुवेर वलीले उद्दार कार्य जारी रहेको जानकारी दिए। थप विवरण आउन बाँकी रहेको छ।थाहाखवर

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?