राजिनामा दिएका खतिवडा अर्थमन्‍त्रीमा पुनः नियुक्त, आज ४ बजे सपथ

काठमाडौं। अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका डा। युवराज खतिवडा आज पुनः नियुक्ति भएका छन्। राष्ट्रिय सभाको दुई वर्षे पदावधी सकिएपछि मंगलबार राजीनामा दिएका खतिवडालाई पुनः सोही पदमा नियुक्त भएका हुन्।

उनी गैह सांसदका रुपमा आज मन्त्री बन्न लागेका हुन्। संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बन्न लागेका हुन्। त्यसका लागि आज दिउँसो ४ बजे राष्टपति भवन शित्तल निवासमा उनको सपथको तयारी सुरु भएको छ।

उनी गैह्र सांसदबाट मन्त्री बन्ने पहिलो व्यक्ति बन्नेछन्। ६ महिनाभित्र उनी संघीय संसद अन्तरगतको प्रतिनिधी सभा तथा राष्ट्रिय सभामध्ये कुनै एकमा सांसद नबने उनको पद स्वतः समाप्त हुने छ।

संविधानको यही व्यवस्था अनुसार उनलाई मन्त्री पदमा नियुक्त गरिएको पत्र प्रधानमन्त्री केपी ओलीले आफ्नो मृगौला पूनः प्रत्यारोपण सुरु गुर्न अगाडि नै बुधबार बिहान राष्ट्रपति कार्यालय पठाइसकेको स्रोतको भनाइ छ।

राष्ट्रिय सभाका दुई वर्षे कार्यकाल हिजो सकिएपछि उनले हिजो नै प्रधानमन्त्री केपी ओलीलाई अस्पतालमा भेटेर राजीनामा बुझाएका थिए।

वहालवाला मन्त्रीको सांसदको पदावधी सकिए उनको पुनस् नियुक्ति गर्नुपर्ने र सपथ गराउनु पर्ने कानुनविद्को तर्कपछि खतिवडाले मंगलबार राजीनामा बुझाएका थिए। राजीनामा दिएसँगै स्वीकृत गरेर दुवै मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यभार तोकेकी थिइन्।अन्नपुर्ण

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?