राजिनामा दिएका खतिवडा अर्थमन्‍त्रीमा पुनः नियुक्त, आज ४ बजे सपथ

काठमाडौं। अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका डा। युवराज खतिवडा आज पुनः नियुक्ति भएका छन्। राष्ट्रिय सभाको दुई वर्षे पदावधी सकिएपछि मंगलबार राजीनामा दिएका खतिवडालाई पुनः सोही पदमा नियुक्त भएका हुन्।

उनी गैह सांसदका रुपमा आज मन्त्री बन्न लागेका हुन्। संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बन्न लागेका हुन्। त्यसका लागि आज दिउँसो ४ बजे राष्टपति भवन शित्तल निवासमा उनको सपथको तयारी सुरु भएको छ।

उनी गैह्र सांसदबाट मन्त्री बन्ने पहिलो व्यक्ति बन्नेछन्। ६ महिनाभित्र उनी संघीय संसद अन्तरगतको प्रतिनिधी सभा तथा राष्ट्रिय सभामध्ये कुनै एकमा सांसद नबने उनको पद स्वतः समाप्त हुने छ।

संविधानको यही व्यवस्था अनुसार उनलाई मन्त्री पदमा नियुक्त गरिएको पत्र प्रधानमन्त्री केपी ओलीले आफ्नो मृगौला पूनः प्रत्यारोपण सुरु गुर्न अगाडि नै बुधबार बिहान राष्ट्रपति कार्यालय पठाइसकेको स्रोतको भनाइ छ।

राष्ट्रिय सभाका दुई वर्षे कार्यकाल हिजो सकिएपछि उनले हिजो नै प्रधानमन्त्री केपी ओलीलाई अस्पतालमा भेटेर राजीनामा बुझाएका थिए।

वहालवाला मन्त्रीको सांसदको पदावधी सकिए उनको पुनस् नियुक्ति गर्नुपर्ने र सपथ गराउनु पर्ने कानुनविद्को तर्कपछि खतिवडाले मंगलबार राजीनामा बुझाएका थिए। राजीनामा दिएसँगै स्वीकृत गरेर दुवै मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यभार तोकेकी थिइन्।अन्नपुर्ण

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?