दादुरा–रुवेला खोप तथा पोलीयो थोपा सम्बन्धि जनप्रतिनिधि संग अन्तरक्रिया गोष्ठि

महेन्द्रनगर । स्वास्थ्य कार्यालयको पूर्ण खोप दिगोपनाको योजना तथा चैत महिना देखी सञ्चालन हुने दादुरा–रुवेला खोप तथा पोलीयो थोपा सम्बन्धी जनप्रतिनिधिहरु संग अन्तरक्रिया गोष्ठि गरीएको छ ।

मंगलवार स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा पूर्ण खोप दिगोपना योजना र दादुरा–रुवेला खोपका साथै पोलीयो थोपा सम्बन्धी कञ्चनपुरका ९ वटै स्थानिय तहका जनप्रतिनिधिहरु संग १ दिने अन्तरक्रिया गोष्ठि गरीएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन निरीक्षक जनक कुवँरले बताए ।

दादुरा–रुवेला खोप लगाउने र पोलीयो थोपा खुवाउने कार्यक्रम चैत १० गते बाट दुई चरणमा सञ्चालन हुने उनले बताए । उनका अनुसार जन्मे देखी ५ वर्ष मुनीका बालवालिकाहरुलाई पोलीयो थोपा खुवाउने र २ वर्ष देखी ५ वर्ष मुनीका बालबालीकाहरुलाई दादुरा–रुवेला खोप लगाउनु पर्छ ।

उनले भने ‘ पहिलो चरण अन्तर्गत चैत १० देखी १९ गते सम्म जिल्लाका माहाकाली,भीमदत्त, शुक्लाफाँटा,वेदकोट नगरपालीका र बेल्डाडी गाँउपालीकामा र दोस्रो चरण अन्तर्गत चैत २० गते देखी ३० गते सम्म लालझाडी गाउँपालीका, बेलौरी ,पुनर्वास,कृष्णपुर नगरपालीकामा दादुरा–रुवेला खोप लागाईने तथा पोलीयो थोपा खुवाइने छ ।’

हाल कञ्चनपुरमा दादुरा–रुवेला खोप लगाउने तथा पोलीयो थोपा खुवाउनु पर्ने बालावालिकाहरुको संख्या ५५ हजार रहेको छ । त्यस्तै स्वास्थ्य कार्यालयले सम्पुर्ण ५ वर्ष मुनीका बालवालिकाहरुलाई दादुरा–रुवेला खोप लगाउन र पोलीयो थोपा खुवाउन आग्रह गरेको छ ।

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?