दादुरा–रुवेला खोप तथा पोलीयो थोपा सम्बन्धि जनप्रतिनिधि संग अन्तरक्रिया गोष्ठि

महेन्द्रनगर । स्वास्थ्य कार्यालयको पूर्ण खोप दिगोपनाको योजना तथा चैत महिना देखी सञ्चालन हुने दादुरा–रुवेला खोप तथा पोलीयो थोपा सम्बन्धी जनप्रतिनिधिहरु संग अन्तरक्रिया गोष्ठि गरीएको छ ।

मंगलवार स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा पूर्ण खोप दिगोपना योजना र दादुरा–रुवेला खोपका साथै पोलीयो थोपा सम्बन्धी कञ्चनपुरका ९ वटै स्थानिय तहका जनप्रतिनिधिहरु संग १ दिने अन्तरक्रिया गोष्ठि गरीएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन निरीक्षक जनक कुवँरले बताए ।

दादुरा–रुवेला खोप लगाउने र पोलीयो थोपा खुवाउने कार्यक्रम चैत १० गते बाट दुई चरणमा सञ्चालन हुने उनले बताए । उनका अनुसार जन्मे देखी ५ वर्ष मुनीका बालवालिकाहरुलाई पोलीयो थोपा खुवाउने र २ वर्ष देखी ५ वर्ष मुनीका बालबालीकाहरुलाई दादुरा–रुवेला खोप लगाउनु पर्छ ।

उनले भने ‘ पहिलो चरण अन्तर्गत चैत १० देखी १९ गते सम्म जिल्लाका माहाकाली,भीमदत्त, शुक्लाफाँटा,वेदकोट नगरपालीका र बेल्डाडी गाँउपालीकामा र दोस्रो चरण अन्तर्गत चैत २० गते देखी ३० गते सम्म लालझाडी गाउँपालीका, बेलौरी ,पुनर्वास,कृष्णपुर नगरपालीकामा दादुरा–रुवेला खोप लागाईने तथा पोलीयो थोपा खुवाइने छ ।’

हाल कञ्चनपुरमा दादुरा–रुवेला खोप लगाउने तथा पोलीयो थोपा खुवाउनु पर्ने बालावालिकाहरुको संख्या ५५ हजार रहेको छ । त्यस्तै स्वास्थ्य कार्यालयले सम्पुर्ण ५ वर्ष मुनीका बालवालिकाहरुलाई दादुरा–रुवेला खोप लगाउन र पोलीयो थोपा खुवाउन आग्रह गरेको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?