महोत्तरीः शौच गर्न निस्किएका यादवमाथि गोली प्रहार

काठमाडौं । महोत्तरीमा १ व्यक्तिमाथि गोली प्रहार भएको छ । जिल्लाको मनरासिसवा नगरपालिका–३, का स्थानीय सहदेवप्रसाद यादवमाथि आइतबार बिहान २ बजे गोली प्रहार भएको हो । गोली लागेर यादव घाइते भएका छन् ।

महोत्तरीका डीएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै शौचालय जान निस्केका बेला यादवमाथि गोली प्रहार भएको जानकारी दिए । गोली ६१ वर्षीय यादवको छातीमुनि लागेको छ ।

घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

गोली कसले र किन प्रहार गर्‍यो भन्ने खुलेको छैन । ‘घटना कसले र किन गरायो भन्ने खुलेको छैन,’ डीएसपी बुढाथोकीले भने, ‘हामीले यसबारे अनुसन्धान गरिरहेका छौं ।’अनलाइनखबर


 

ताजा खबर

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै ः घर आँगन मै स्वास्थ्य सेवा पाउँदै जनता

कञ्चनपुरको एक स्थानीय सरकारले संचालन गरेको नागरिकसंग मेयर कार्यक्रम...

कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै ः घर आँगन मै स्वास्थ्य सेवा पाउँदै जनता

कञ्चनपुर, ३० असार । कञ्चनपुरको एक स्थानीय सरकारले संचालन गरेको...

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?