मोटरसाइकलमा १० वर्षे विश्व भ्रमण यात्रामा निस्के यामप्रशाद

स्याङ्जा– स्याङ्जाका ३० वर्षे यामप्रसाद लुइँटेलले शुक्रबारदेखि मोटरसाइकलबाट विश्वभ्रमणको यात्रा सुरु गरेका छन्। आठ लाख किलोमिटर यात्रा गरी गिनिज बुकमा नाम लेखाउने उद्देश्य लिएर उनी विश्वभ्रमणमा निस्केका हुन्। वालिङ् नगरपालिका १४ तमादीका लुइँटेलले १० वर्षे विश्व भ्रमण यात्रा स्याङ्जादेखि सुरु गरेका हुन्।

आमा, बुवा, दाई, भाउजुलगायत घरपरिवारको आशीर्वाद लिएर निस्केका लुइँटेललाई जिल्ला समन्वय समिति स्याङ्जाले पनि विधिवतरूपमा विश्वभ्रमण यात्रा शुभारम्भ कार्यक्रमको आयोजना गरी विदाइ गरेको छ।

कालो वर्ण, अग्लो कद, अग्लो मोटरसाइकलको पछाडि नेपालको झण्डा फहराउँदै हुइँकिँदै निस्केका लुइँटेलले भ्रमण वर्ष २०२० को अवसर पारेर नेपाललाई विश्वभर चिनाउने अभियानमा लागिपरेको बताए। विश्वका १ सय ९२ देश पुग्ने लक्ष्य लिएका उनले ८ लाख किलोमिटर मोटरसाइकल यात्रा पूरा गरी गिनिज बुकमा रेकर्ड राख्ने जनाए। हाल गिनिज बुकमा नाम लेखाउन सफल अस्ट्रियाका इमेलिया स्टोनको ७ लाख ३५ हजार किलोमिटर यात्रा रहेको छ।

पारिवारिक अवस्था कमजोर हुँदा उच्च शिक्षा पढन नपाएको बताउँदै उनले २०६५ सालमा साउदी अरब पुगेको र फर्केपछि नेपालमै व्यवसाय गरे पनि केही उपलब्धि हुन नसकेको उनले दुखेसो पोखे। उनले थपे, ‘सानो र राम्रो हाम्रो नेपाललाई विश्वसामु चिनाउन दुई वर्ष अघिदेखि विभिन्न देशका भाषा, सवारी साधन चलाउने सीप सिकेको छु।’

नेपालका ७ सय ५३ स्थानीय तहको भ्रमणपछि उनी विश्व भ्रमणमा निस्कने भएका छन्। करिब १० वर्षमा पुनः उनी स्याङ्जा फर्केर आउँदा विभिन्न देशमा पुगेको डकुमेन्ट्रीसहित आउने उनले प्रतिबद्धता जनाए। दैनिक दुई सय ५० किलोमिटर मोटरसाइकल यात्रा गर्ने उनको लक्ष्य छ।

जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, गल्याङ प्रमुख भूपराज अधिकारी, पुतलीबजार नगर उपप्रमुख महेश पुरी, निमित्त प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्याल, पत्रकार महासंघका उपाध्यक्ष अर्जुन काफ्लेलगायतले लुइँटेलको यात्राको सफलताको कामना गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

अविवाहित लुइँटेल आफ्नो अभियानलाई सबैले सहयोग गर्ने जनाएका कारण विश्व भ्रमणजस्तो यात्रामा सहभागी हुने अवसर मिलेको बताउँछन्। शुक्रबारदेखि नै उनले आफ्ना आमा, बुबा, दाजु, भाउजु र भतिजीको आशीर्वाद र माया बोकेर परिवारको अनुमति र सहमतिमै विश्व भ्रमणमा निस्केको जनाए।अन्नपुर्ण


ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?