अमेरिकाले कामदार भिसा खुल्ला ग-यो,मार्च १ बाट अनलाईन दर्ता हुँदै

काठमाडौं – अमेरिकाले कामदार भिसा खुल्ला गरेको छ । एचवान बी भिसा खुल्ला भएसँगै यसको अनलाइन दर्ता पनि सुरु हुने भएको छ ।

अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउँसो १२ बजेबाट सुरु हुने युएससीआईएसले घोषणा गरेको छ ।

नेपाली समय अनुसार दिउँसो १२ बजेदेखि दर्ता खुल्ने र मार्च २० दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिने युएससीआईएसले जनाएको छ ।

आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदक र उनीहरुका प्रतिनिधिहरुले आवेदक र लाभग्राहीको विवरण भरेर अनलाइनमार्फत दर्ता गराउन सक्नेछन् ।

हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । उक्त नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ ।

तर उक्त नम्बर केस नम्बर नभएका कारण युएससीआईएसको केस स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।खबरहब

ताजा खबर

उराव जातीको वार्षिक करम पूजा पर्व सम्पन्न

कञ्चनपुर-भीमदत्त नगरपालिकाको वडा नम्वर १८ मा रहेकोे लोपोन्मुख उराव...

कञ्चनपुरमा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइयाे

कञ्चनपुर-देशभरि आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ...

सोह्र श्राद्ध आजदेखि सुरु

काठमाडौँ – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र...

दोस्रो बासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि ईन्टरनेस्नल पव्लिक स्कुल लाई

कञ्चनपुर – दोस्रो बासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिता...

मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे नवनिर्मित भवन उद्घाटन

कञ्चनपुर-कञ्चनपुरको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?