बाँस्कोटाको बचाउ गर्दै प्रधानमन्त्रीले भने ‘भ्रष्टाचार गरेको प्रमाणित छैन’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले घुस लिएको भन्ने व्यहोराको अडियो पोख्त प्रमाण नभएको बताएका छन् ।

सेक्युरिटी प्रेस स्थापनको ठेक्का सम्झौता गर्न ठेकेदारसँग कमिसन मागेको अडियो भनिए पनि उक्त विषय प्रमाणित भइ नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

बिहीबार काठमाडौंमा नेकपा वाग्मती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले अडियोबारे बुझ्ने काम भइरहेको बताए ।

‘उक्त अडियो पूर्ण रुपमा प्रमाण हो कि हैन भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ । उहाँ ९बाँस्कोटा०ले घुस मागेको विषय अहिले नै प्रमाणित भइसकेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रमाणित भयो भने उहाँले दोषअनुसारको सजाय भोग्नुहुन्छ ।’

बास्कोटाले उक्त अडियो आफ्नो नभएको भन्ने जवाफ दिएको पनि ओलीले सुनाए । ‘कोही अनाडी मान्छेले अनाधिकृत ढंगले टेप सार्वजनिक गरेको हो, बाँस्कोटाले मेरो आवाज होईन भन्नुभएको छ । भ्रष्टाचार गरेको प्रमाणित छैन,’ प्रधानमन्त्री ओलीले भने ।खबरहव

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

पुर्व विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडित युवादेखि बेसाहरा बालबालिकालाई सहयोग

कञ्चनपुर, असार १३ कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले आफ्नो जन्मदिनका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?