काठमाण्डौः विवाहमा दुलाहानै नआएपछि,केटी पक्षले दिए प्रहरीमा उजुरी

काठमाण्डौ–राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गरेको थियो ।

आफूलाई इञ्जिनियर बताउने आश्रेय वस्नेतले आफ्नो घर सिनामंगल भएको र आफू डाक्टरको छोरा भएको बताएका थिए । १५ दिनअघि उनीहरुको टिकाटालो पनि भएको थियो । टिकाटालोमा केटी पक्षले केटापक्षलाई चार तोला सुनको गहना पनि दिएको थियो ।

प्रहरीलाई उजुरी गरेपछि प्रहरी वस्नेत बस्ने भनिएको घर पुग्दा उनी डेरमा बस्ने रहेछन्, कोठामा पनि ताला लागेको थियो । केटापक्षले हजुरआमा भनेर चिनाएकी मान्छे पनि फेला परिनन् । कार्डमा दिइएको केटाको बाबु–आमाको नाम पनि नक्कली रहेको खुल्यो । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेछ ।

काठमाडौँमा नभेटिएका बस्नेत अन्ततः पोखरा विमानस्थलमा भेटिए । उनको साथबाट सेत नखुलेको चार हजार अमेरिकी डलर पनि फेला परेको छ ।

काठमाडौँ प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि गर्ने आधार देखिएको छैन । उनले के कारणले यस्तो गरे भन्ने खुलेको छैन । उनलाई आपराधिक विश्वासघात ठगी मुद्दा चलाउने भइरहेको छ ।

प्रहरीका अनुसार करिब १५ दिन अघि पनि यस्तै उजुरी आएको थियो । फरार रहेका ती दुलहा अझै फेला परेका छैनन् ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?