लिटिल बुद्ध एकाडेमी को १४ औँ वार्षिक उत्सव सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका महेन्द्रनगर स्थित लिटिल बुद्ध एकाडेमी उच्च माध्यमीक विद्यालयको १४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

मंगलवार एक कार्यक्रमका बिच विद्यालयले आफ्नो १४ औँ वार्षिक उत्सव मनाएको हो । वि.सं. २०६३ साालमा स्थापित लिटिल बुद्ध एकाडेमीले नेपालकै शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाईसकेको छ ।

वि.सं. २०६३ सालमा नर्सरी देखी कक्षा ८ सम्मको पठनपाठन गराउदै स्थापना भएको विद्यालयले २०६५ सालमा कक्षा १० सम्म पठपानठन गराउन शुरु ग¥यो ।

त्यस्तै विद्यालयले वि.सं. २०६९ सालमा ११ कक्षाको पठनपाठन सञ्चालनमा ल्यायो । हाल विद्यालयले +२ अन्तर्गत विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन गराउदै आएको छ ।

विद्यालयलले कञ्चनपुर तथा देशकै शैक्षिक क्षेत्र लगायत खेलकुद,सामाजिक लगायत अन्य क्षेत्रमा समेत अह्म भुमिका निर्वाह गर्दै आएको छ । मंगलवार भएको १४ औँ वार्षिक उत्सवमा विद्यालयको वार्षिक प्रतिवेदन पेश गदै विद्यालयका प्रधानाध्यापक श्याम सिंह मौनीले लिटिल बुद्ध एकाडेमीले देशकै शैक्षिक क्षेत्रमा ठुलो भुमीका निर्वाह गरेको बताए ।

स्थानिय तथा अभिभावकहरुको साथ,सहयोगले विद्यालय यो स्थानमा पुग्न सफल भएको प्रधानाध्यापक मौनीले बताए । उनका अनुसार विद्यालयमा हाल २ हजार १ सय ७३ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

त्यस्तै विद्यालयमा १ सय ६ जना शिक्षक/शिक्षिकाले अध्यापन गराउदै आएका छन् । विद्यालयबाट माध्यमिक तह अध्ययन गरी गएका धेरै विद्यार्थीहरु देशको विभिन्न क्षेत्रमा सेवा गरीरहेका र केही देश/विदेशमा उच्च शिक्षा अध्ययन गरीरहेका प्रधानाध्यापक मौनीले बताए ।

विद्यालयले आफ्नो १४ औँ वार्षिक उत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नुका साथै विद्यालयका उत्कृष्टि शिक्षक/शिक्षिका तथा विद्यार्थीहरुलाई सम्मान गरेको थियो ।

लिटिल बुद्ध एकाडेमीको व्यवस्थापन समितिका अध्यक्ष तिलमाया ढकालको सभापतित्वमा सञ्चालितका कार्यक्रमका प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपाका सचेतक तारालामा तामाङ्ग रहेका थिए ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, पत्रकार, अभिभावक तथा विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?