तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृ*त्यु

काठमाडौं । तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ ।

घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गरेका उनीहरु विश्रामका लागि एउटा मन्दिरनजिकै बस रोकेर बसेका थिए । मध्यरातमा उक्त बसले युटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको हो ।

प्रहरीले २ जना महिलासहित ६ जनाको मृत्यु भएको जनाएको छ । जसमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको नाम खुलेको छ । सलेमका प्रहरी उपरीक्षक एस दीपा गनिगरसहित प्रहरी अधिकारी घटनास्थल पुगेका छन् । प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटना भएको गाडीमा रहेका एक तीर्थयात्री अमरनाथ चौधरीका अनुसार उनीहरु नेपालको सुनसरी जिल्लाबाट गएका हुन् । टोलीमा ३४ जना थिए । फेब्रुअरी ६ अर्थात माघ २३ गते भारततर्फ गएका उनीहरु ३५ दिनको तीर्थयात्रामा थिए ।अनलाइनखबर बाट

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

पुर्व विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडित युवादेखि बेसाहरा बालबालिकालाई सहयोग

कञ्चनपुर, असार १३ कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले आफ्नो जन्मदिनका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?