प्रधानमन्‍त्री ओली मनमोहन सेन्‍टरमा भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी ओली अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन्। मंगलबार साँझ प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्।

अहिले प्रधानमन्त्री ओलीको सेन्टरको क्याथ ल्याबमा स्वास्थ्य परीक्षण भइरहेको छ। यसअघि ओली डायलासिसका लागि मनमोहन सेन्टरमा निरन्तर जाने गरेका थिए।

सेन्टरका एक चिकित्सिकले यस पटक प्रधानमन्त्री ओली डायलासिस नभएर अन्य उपचारका लागि भर्ना भएको जानकारी दिए। प्रधानमन्त्री ओली मिर्गौलाको खराबीका कारण केही समययता नियमित डायलासिस गराउँदै आएका छन्।

प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो। दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको थियो। गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डायलासिस भएको थियो।

०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले औषधि सेवन गर्दै आएका छन्।

गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो।

१२ वर्षअघि मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर निष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फोहोर निष्कासन गर्ने पद्धति नै डायलासिस हो।

ताजा खबर

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?