पूर्वसभामुख महराले पाए सफाइ

काठमाडौं । बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले सफाइ दिएको हो।

संसदकी एक महलिामाथि बलात्कार प्रयास गरेको आरोपमा महरा असोज १९ गते पक्राउ परेका थिए।

यसअघि पुस ३ गते महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो । तर, उच्च अदालतले एक महिनाभित्र मुद्दाको टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेशसमेत दिएको थियो।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो। महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए। जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश कानुन विपरित भन्दै महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?