संसदमा आज प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनेछन् ।

शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

यसअघि शुक्रबार नै प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने तय भएको थियो । तर, राष्ट्रियसभाका बहालवाला सांसद्को निधन भएपछि आजका लागि स्थगित गरिएको थियो ।

ओलीले नेतृत्व गरेको वर्तमान सरकारले आजबाट दुई वर्ष पूरा गरेको छ । सम्बोधनको क्रममा ओलीले सरकारका कामकारबाहीबारे जानकारी दिनुका साथै समसामयिक घटनाक्रमका विषयमा समेत बोल्ने उनको सचिवालयले जनाएको छ

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?