बंगलादेशलाई हराउँदै नेपाल साग फुटबलको फाइनलमा

काठमाडौं । नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको छ ।

आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १(० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा नै अग्रता लिइको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।

पहिलो हाफमा नेपालले केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो र १(० कै अन्तरमा खेल जित्यो ।

खेलको अन्तिममा भने बंगलादेश १० खेलाडीमा सिमित भएको थियो । नेपाली खेलाडीलाई फउल गरेपछि दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएका हुन् ।

नेपालका प्रशिक्षक बालगोपाल मर्हजनले अब भुटानलाई फेरि एक पटक हराएर स्वर्ण जित्ने विश्वास व्यक्त गरे । ‘हामी लिगमा अपराजित एक्लो टिम हौं । अब हामी फाइनलमा पनि भुटानलाई जित्दै स्वर्ण जित्न चाहन्छौं’ बंगलादेशलाई हराएपछि महर्जनले भने ।

समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ४(० ले हराएको थियो । माल्दिभ्सलाई २(१ ले हराएको नेपालले श्रीलंकासँग १(१ को बराबरी खेलेको थियो ।

भुटानले भने नेपालबाहेक सबै टिमलाई हराएको छ ।

 

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?