राजिनामापछि राज्यमन्त्री रावलद्धारा सबै सेवा–सुविधा प्रदेश सरकारलाई फिर्ता

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदीय नैतिकताको आधारमा राज्यमन्त्री पदबाट राजिनामा दिएका छन् ।

उनले मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजिनामा बुझाउँदै आफु दोषी नहुँदा नहुँदै जबरजस्ती मुद्दा सिर्जना गरिएको बताएका छन् ।

प्रेस विज्ञप्तीमा उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आफूमाथि जबरजस्ती नियोजित रुपमा मुद्दा सिर्जना गरिएको जनाएका छन् ।

राज्यमन्त्री रावलले आफुलाई जोडीएको जनज्याती बहुमुखि क्याम्पस प्रकरणको मुद्धामा आफ्नो कुनै संलग्नता नरहेको दावि गरेका छन् ।

‘शेयर सम्बन्धी मेरो कुनै पनि संलग्नता नरहेको विषयमा झुठा उजुरी दिदा प्रहरीको अनुसन्धानमा म उपर कहि कतै आरोप नहुदा नहुदै जबरजस्ती मुद्दा सिर्जना गरियो ।’ राजयमन्त्री रावलको राजिनामा पत्रमा उल्लेअ गरिएको छ ।

रावल कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रदेश क बाट नेकपाबाट प्रदेशसभा सदस्यमा निर्वा्चित भएका थिए । रावल गत वर्ष असोज २३ मा राज्यमन्त्रीमा नियुक्त भएका थिए।

राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजिनामा बुझाएका हुन् । राज्यमन्त्री रावलले प्रेस विज्ञप्ति जारी गरी दोसि कञ्चनपुरको एक क्याम्पसको शेयर विक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा राजिनामा दिएको बताएका छन् ।

‘क्याम्पसको शेयर विक्रीमा मेरो कुनै संलग्नता नरहेको विषयमा झुठा उजुरी दिंदा प्रहरीको अनुसन्धानमा म उपर कही कतै आरोप नहुँदा नहुँदै पनि जवरजस्ती मुद्दा सृजना गर्ने प्रयास केही व्यक्तिहरुले गरेको छन्,’ राज्यमन्त्री रावलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले विज्ञप्तिमा आफूले दुई दशकदेखि व्यवसाय सञ्चालन गर्दै आएको भएपनि भ्रम सृजना गर्न हठाट सम्पत्ति सुद्धिकरणको दायरामा तान्ने प्रयास भएको सुन्दा आश्चर्यमा परेको समेत पनि उल्लेख गरेका छन् ।

राजिनामापछि राज्यमन्त्री रावलले सबै सेवा सुविधा प्रदेश सरकारलाई बुझाएका छन् । उनले आईतबार साझ आफुले लिएको सबै सेवा सुविधा प्रदेश सरकारलाई बुझाएर आफ्नै निजि सवारी साधनमा घर फर्केका हुन् ।

रावलले ११ महिना अगाडि २०७५ असोज २३ गते प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका थिए । रावल कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?