भीमदत्त ७ ले गर्यो आफ्नै भवन बाट सेवा सुचारु

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालीकामा वडा नम्वर ७ ले आफ्नै नव निर्मित कार्यालय भवन बाट सेवा सुचारु गरेको छ ।
स्थानीयतहको निर्वाचन सम्पन्न भएदेखी नै भाडाको घरमा वडाकार्यालय राखेर सेवा सुविधा दिदै आएको भीमदत्त नगरपालीकाको वडा नम्वर ७ ले भवन निर्माण भए पनी बाटो घाटोको समस्या लगायतका कारण लामो समयदेखि आफ्नो भवन बाट सेवा दिन सकेको थिएन । आईतवार एक औपचारिक कार्यम सहित वडा नम्वर ७ ले आफ्नै भवन बाट सेवा सुचारु गरे पछी सेवा प्रवाहमा सहजता हुने अपेक्षा गरिएको छ । पहिले भाडाको सानो कोठा बाट सेवा लिदा भिड बढी हुने र असहज पनी हुने हुदा आफ्नै सुविधा सम्पन्न भवन बाट सेवा लिदा सहज हुने स्थानीय कृष्णानन्द भट्टले बताउननु भयो । साथै उहाले यसलाइृ आगामी दिनमा अझै जेष्ठनागरिक हरुलाई समेत सहज हुने किसिमले व्यवस्थीत गरिनु पर्ने समेत वताउनु भएको छ ।
सानो र ठाँउ अभावमा भाडाको घर बाट सेवा दिदा धेरै समस्या हुने गरेको बताउदै भीमदत्त ७ का वडाअध्यक्ष गणेश वहादुर चन्दले अव सहजताका साथ सेवाग्रहिहरुले सेवा पाउने बताउनु भएको छ । साथै उहाले अहिले नया भवन बाट वडाकार्यालय बाट प्रवाह हुने सम्पुर्ण सेवाका संगै आधारभुत स्वास्थ्य सेवाहरु समेत सञ्चालन गरिएको वताउनु भयो ।
यसै गरि भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले वडाकार्यालय निर्माणका लागी जग्गा दान गर्ने माहानुभावलाइ धन्यवाद ज्ञापन गर्दै अव उप्रान्त स्नीथानीयरूले घर दैलोमै सुविधा सम्पन्न भवन बाट सेवा पाउने वताउनु भएको छ । साथै उहाले नया भवन निर्माण पछी बाढी डुवान कटान जस्ता विपदका वेला समेत वडा भवनलाई आश्रय स्थलको रुपमा समेत वडावासीहरुले प्रयोग गर्न सक्ने समेत वताउनु भएको छ ।
भीमदत्त नगरपालिकाले आफ्ना १९ वटै वडाकार्याल बाट नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यका साथ वडाकार्यालय भवन निर्माण गर्ने योजना अन्तर्गत काम गरिहेकोमा अव वडा नम्वर ३ को मात्रै भवन निर्माण सम्पन्न हुन बाकी रहेको छ भने अन्य वडामा भवन निर्माण सम्पन्न भईसकेका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?