नेपाल-भारत मैत्री सङ्घ कञ्चनपुरको आयोजनामा तीन महिने सिलाई कटाई तालिम सुरु

कञ्चनपुर – नेपाल-भारत मैत्री सङ्घ कञ्चनपुरले तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरेको छ। भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसर पारी शनिबारदेखि सिलाई कटाई तालिम सुरु गरिएको नेपाल-भारत मैत्री सङ्घ कञ्चनपुरले जनाएको छ।

आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्य राखेर तीन महिने तालिम सञ्चालन गरिएको नेपाल-भारत मैत्री सङ्घ कञ्चनपुरका अध्यक्ष कृष्ण प्रसाद पाठकले बताएका छन्। तालिममा २५ जनाको सहभागिता रहेको छ।  जिल्ला समन्वय समितिको कार्यालयमा कार्यक्रम गरी तालिम उद्‌घाटन गरिएको छ। उक्त कार्यक्रममा नेपाल-भारत मैत्री सङ्घ कञ्चनपुरका अध्यक्ष कृष्ण प्रसाद पाठकको अध्यक्षता रहेको थियो भने जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरको प्रमुख आतिथ्य रहेको थियो।

तालिमको उद्‌घाटन गर्दै कार्यक्रममा समन्वय प्रमुख बोहराले सङ्घले नेपाल-भारत दुबै देशका नागरिकको आपसी सम्बन्ध बलियो बनाउने कार्यमा पहल गर्दै आइरहेको बताएका छन्। कार्यक्रममा सङ्घका केन्द्रीय कार्य वाहक अध्यक्ष झा सहित केन्द्रीय महासचिव बोधकृष्ण सुवेदी, सङ्घका लुम्बिनी प्रदेश अध्यक्ष बासुदेव रिमाल, भीमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखक जोशी, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष डम्बरदत्त पन्त लगायतले शुभ कामना मन्तव्य राखेका थिए। सङ्घका केन्द्रीय सदस्य सन्तोसी ऐरी साउदले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा जिल्ला उपाध्यक्ष समरजङ्ग बहादुर चन्दले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए। ।

नेपाल-भारत मैत्री सङ्घ कञ्चनपुरका सचिव माधव प्रसाद जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा सङ्घका केन्द्रीय कार्य वाहक अध्यक्ष शैलेन्द्र झा, केन्द्रीय सचिव अरुण कुमार पाण्डेय, सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिकृष्ण ठाकुर, कैलाली अध्यक्ष राजीव कुमार गुप्ता, भीमदत्त नगरपालिका -०४ का वडा अध्यक्ष सुशील कुमार भट्ट लगायत सङ्घका पदाधिकारी, सदस्य लगायतको भव्य सहभागिता रहेको थियो। सङ्घको केन्द्रीय समितिको सहयोगमा सञ्चालन गरिएको तालिमको जिल्ला समितिले आयोजना र प्रदेश समितिले संयोजन गरेको छ।

कार्यक्रमको समापन गर्दै नेपाल-भारत मैत्री सङ्घ कञ्चनपुरका अध्यक्ष कृष्ण प्रसाद पाठकले सङ्घको जिल्ला समिति गठनपछि सीमा क्षेत्र आवागमनलाई सहज बनाउने, दुबै देशका नागरिकको सम्बन्ध बलियो बनाउने लगायतको कार्य गरिरहेको बताएका छन्। साथै उनले आगामि दिनमा पनि सीमा क्षेत्र आवागमन सहज बनाउन निरन्तर लागिपर्ने प्रतिवद्धता समेत गरेका छन्

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?