कञ्चनपुर – भौतिक पूर्वाधार मन्त्रालयका सचिव सुरत कुमार बम नेतृत्वको प्राविधिक टोलीले कञ्चनपुरको दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

शुक्रबार दोधाराचाँदनी नगरपालिका–३ पटराखल्ला, वडा नम्बर ८ सुन्दरनगर र वडा नम्बर १० को १८ नम्बर पिल्लर बस्तीको स्थलगत निरीक्षण गरेको हो । जोगबूढा नदीको कटानको दीर्घकालीन समाधानका सम्भावना पहिल्याउन जनप्रतिनिधिसहित प्राविधिक टोलीले निरीक्षण गरेको छ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्की पनि बाढीग्रस्त क्षेत्रको निरीक्षणमा पुगेका थिए ।

प्राविधिक टोलीलाई बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गराएर समस्या समाधानका लागि अग्रसर बनाउन खोजिएको हो । जोगबूढा नदीमा पक्की तटबन्ध निर्माण नहुँदा वर्षेनी कटान र डुबानको समस्या झेल्दै आएका छन् । असार तेस्रो साता आएको बाढीले क्षति पु¥याएको क्षेत्रको पूर्वमुख्यमन्त्री रावल नेतृत्वको टोलीले यसअघि पनि निरीक्षण गरेको थियो । निरीक्षण पश्चात् डुबान र कटानको समस्यालाई समाधान गर्न रावल सक्रिय छन् ।

प्रदेश सभा बैठकमै उनले बाढी र कटानको मुद्दा उठान गरेर सरकारको ध्यानाकर्षण गराएका थिए । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित चुरे फेदमा पर्ने ब्रह्मदेव बजार डुबानको समस्या र खन्या खोलाको कटानको अवस्था निरीक्षण गर्न भोली प्राविधिकसहितको टोली त्यहाँ जाने छ ।

साभार : नेपालबोध डटकम

 

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?