कञ्चनपुर – भौतिक पूर्वाधार मन्त्रालयका सचिव सुरत कुमार बम नेतृत्वको प्राविधिक टोलीले कञ्चनपुरको दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

शुक्रबार दोधाराचाँदनी नगरपालिका–३ पटराखल्ला, वडा नम्बर ८ सुन्दरनगर र वडा नम्बर १० को १८ नम्बर पिल्लर बस्तीको स्थलगत निरीक्षण गरेको हो । जोगबूढा नदीको कटानको दीर्घकालीन समाधानका सम्भावना पहिल्याउन जनप्रतिनिधिसहित प्राविधिक टोलीले निरीक्षण गरेको छ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्की पनि बाढीग्रस्त क्षेत्रको निरीक्षणमा पुगेका थिए ।

प्राविधिक टोलीलाई बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गराएर समस्या समाधानका लागि अग्रसर बनाउन खोजिएको हो । जोगबूढा नदीमा पक्की तटबन्ध निर्माण नहुँदा वर्षेनी कटान र डुबानको समस्या झेल्दै आएका छन् । असार तेस्रो साता आएको बाढीले क्षति पु¥याएको क्षेत्रको पूर्वमुख्यमन्त्री रावल नेतृत्वको टोलीले यसअघि पनि निरीक्षण गरेको थियो । निरीक्षण पश्चात् डुबान र कटानको समस्यालाई समाधान गर्न रावल सक्रिय छन् ।

प्रदेश सभा बैठकमै उनले बाढी र कटानको मुद्दा उठान गरेर सरकारको ध्यानाकर्षण गराएका थिए । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित चुरे फेदमा पर्ने ब्रह्मदेव बजार डुबानको समस्या र खन्या खोलाको कटानको अवस्था निरीक्षण गर्न भोली प्राविधिकसहितको टोली त्यहाँ जाने छ ।

साभार : नेपालबोध डटकम

 

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?