बेदकोट ८ मा श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान धार्मिक महायज्ञ सुरु

कञ्चनपुर  – बेदकोट नगरपालिका ८ गैलनदीमा ‘विश्व शान्ति अभियानका निम्ति नगर शान्तिका लागि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान धार्मिक महायज्ञ ०८१’ सुरु भएको छ । बेदकोट नगरपालिका ८ को वडा कार्यालयमा वडाको सहयोगमा धार्मिक समाजिक अगुवाले महायज्ञ लगाएका छन् ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले महायज्ञ उद्घाटन गरे । उनले धार्मिक पर्यटन बृद्धि विकासका लागि महायज्ञ संचालनबाट थप योगदान पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नगर उप प्रमुख तुलसी जोशी लगायतका जनप्रतिनिधि, स्थानीय सहभागी भएका छन् ।

बेदकोट नगरपालिका ८ का वडा अध्यक्ष एबम् महायज्ञ मूल आयोजक समितिका संयोजक महेशदत्त जोशीले सनातन हिन्दु धर्मको सरक्षणका निमित्त धार्मिक पर्यटन बृद्धि विकास र समाजिक विकासका लागि महायज्ञ संचालन गर्न लागेको बताए ।

‘हामीले महायज्ञ धार्मिक सहिष्णूता कायम गर्न सबै धर्मको सरक्षण गर्नका लागि वडामै महायज्ञ संचालन गर्न लागेका छौँ, ‘उनले भने, ‘महायज्ञबाट बेदकोट नगर धार्मिक पर्यटन बृद्धि विकासका लागि महासंज्ञ संचालन गर्न लागेका छौँ ।’

रौटेला, बैजनाथ धार्मिक धाम सहितका थुप्रै धार्मिक पर्यटक क्षेत्र रहेको र महायज्ञ संगै थप धार्मिक पर्यटन बृद्धि विकास हुने अपेक्षा राखे । भक्तिबाट ज्ञान आर्जन गर्न सकिने भएकाले मेयरले जिवनमा भक्तीपनि आवश्यक रहेको औल्याए ।

सात दिनसम्म सञ्चालन हुने महायज्ञमा आचार्य पण्डित हरि प्रशाद भट्ट सहितका आचार्य कथा बाचकहरुले प्रवचन दिइ रहेका छन् ।

साभार : विकल्प दैनीक

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?