दोधारा चाँदनीमा बाढीले विद्यार्थी प्रभावित : २ हजार विद्यार्थी खाली हात विद्यालय

कञ्चपुर  – कञ्चपुरको दोधारा चाँदनी नगरपालिकामा २ हजार बढी विद्यार्थीको किताब, कापी बगाएपछि बिद्यार्थीहरु रित्तो हात विद्यालय जान थालेका छन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षाले २ हजार भन्दा बढी विद्यार्थीको किताब, कापी बगाएपछि बिद्यार्थीहरु रित्तो हात विद्यालय जान थालेका बिद्यालयहरुले जनाएका छन् । ज्यान जोगाउन मुस्किल भएको अवस्थामा, घरमा रहेका सबै सामान छाडेर भाग्नु परेको कारण किताब कापी, विद्यालय पोसाक, झोला सबै बाढीले बगाएको बिद्यार्थीहरुले बताएका छन् । बिद्यालयहरुमा विद्यार्थीको हातमा अलिे आएर किताब कापी, विद्यालय पोसाक, झोला छैनन् । बाढीले धेरै जसो बिद्यार्थीहरुको पोशाक समेत बगाउदा छिमेकीबाट माँगेको कपडा लगाएर बिद्यालय आउदै गरेको बिद्यालयहरुले जनाएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बाढीले डुवानमा परेको कारण शैक्षिक अवस्था निकै प्रभावित बनेको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाका शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् । बाढी आएको बेला बिद्यालयमा नभएर बिद्यर्थीहरु घरमा रहेको हुदा उनिहरुको पाठ्य पुस्तक, पोशाक, पाठ्य सामग्रीहरु र शिक्षण सिकाई संग सहयोग पुग्ने सामग्रीहरु बाढीले बगाएर लगेको हुदा ठुला क्षती बनाएको शिक्षा शाखाका शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् । उहाँका अनुसार बाढीले नगर क्षेत्रमा २ हजार बिद्यार्थीहरुको पाठ्य पुस्तक, पोशाक, पाठ्य सामग्रीहरु र शिक्षण सिकाई संग सहयोग पुग्ने सामग्रीहरुमा क्षती बनाएको हुदा यस बिषयमा दोधारा चाँदनी नगरपालिका कार्यालयले दातृ संस्था संग समन्वय र सहकार्य गर्दै आएको उहाँको भनाई रहेको छ् ।

दोधारा चाँदनी नगरपालिका– १० को ओंमकार आधारभुत बिद्यालयका प्रधानध्यापक दिपक आझोले बिद्यालयमा किताब कापी, विद्यालय पोसाक, झोला बिना बिद्यार्थीहरु बिद्यालय आउने गरेको बताउनुभएको छ् । ओंमकार आधारभुत बिद्यालयमा भित्र पानी पसेर बिद्यार्थीहरु बस्ने पिफम, कार्पेट लगाएत लेख सामग्रीमा क्षती बनाएको प्रधानध्यापक दिपक आझोले बताउनुभएको छ् । ओंमकार आधारभुत बिद्यालयको सेवा क्षेत्रमा पर्ने सबै टोल, बस्ती डुवानमा परेको हुदा बिद्यार्थीहरुको किताब कापी, विद्यालय पोसाक, झोला बाढीले बगाएर लगेको प्रधानध्यापक दिपक आझोले बताउनुभएको छ् । बाढीले किताब कापी, विद्यालय पोसाक, झोला बगाए संगै बिद्यार्थीहरुको नियमित पठनपाठनमा प्रभाव परेको उहाँले बताउनुभएको छ् ।

‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएर बसेका थिए ।

मौसम सामान्य भए संग अन्य बिद्यालयमा आश्रय लिएर बस्दै आएका बाढीपिडित घर फर्किसके भएता पनि वडा नं. ३ पटरा खल्लाका ४० घरपरिवार अझै पनि जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । बाढीको कारण नगर क्षेत्रको घर, बाटाघाटा, झोलुङ्गे पुल, अन्नपातमा लाखौंको क्षती बनाएको छ् ।

 

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?