सुरेश चन्द ठकुरीको उत्कृष्ट अभिनयमा रहेको ‘फिर्ता दे मेरो माया’ सार्वजनिक

कञ्चनपुर – मन मुटुमा सजाएकी प्रेमिका परपुरुषसँग लागेपछि उत्पन्न भएको माहोललाई तथा पीडालाई समावेश गरेर फिर्ता दे मेरो माया’ सार्वजनिक भएको छ ।

सुरेश चन्द ठकुरी, हरिश भट्ट र ऐश्वर्य विष्टको अभिनय रहेको फिर्ता दे मेरो माया’ सार्वजनिक भएको हो। विसेस गरी बेङ्लोर घटनामा आधारित कथावस्तु समावेश गरिएको गीत ‘फिर्ता दे मेरो माया’ मा बाल कलाकारको भूमिका साम्राज्ञी चन्द ठकुरीले गरेका छन् । मन मुटुमा सजाएकी प्रेमिका परपुरुषसँग लागेपछि उत्पन्न भएको पीडालाई गीतमा समावेश गरिएको छ । आफ्नो जीवन संगिनीबाट पवित्र माया पाउनुपर्नेमा अर्कै परपुरुषसँगको प्रेममा परेपछि सहन नसकि आत्महत्या गरेको विषयवस्तुलाई गीत मार्फत दर्शाउन खोजिएको छ ।

भुवन प्रकाश बडुको युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको छ । निक्कै मार्मिक एवं मन छुने गीतलाइ दर्शकहरुले अत्याधीक रुचाएको कलाकार सुरेश चन्द ठकुरीले वताउनु भएको छ । भूवन प्रकाश बडूको स्वर रहेको उक्त गीतमा बडूसँगै गायक भानुभक्त जोशीको लय र शब्द रहेको छ । विग परिवेश एचडी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई रिजेन बडूले एरेन्ज गरेका थिए भने जीवन बडूले मिक्सिङ्ग गरेका थिए ।

भीम थापाको निर्देशनमा बनेको गीतलाई अमृत उपाध्यायले छायांकन गरेका छन् । प्रविन रेश्मी मगरले सम्पादन गरेको उक्त गीत खप्तड फिल्मस्ले तयार पारेको हो । हम दुवै छुटौला भुणी, लायो माया होइन, धर्ती छोडन भन्दा अब, बिकल्प रहेन , रहेन प्यारि, स्वर्ग लै एकलोइ हुन्छु, तोइ सम्झी वाँ पनी रुन्छु, भाबुनी कर्मका होरा, कसा–कसा हालेइ, म जन्मौन्या मेरि इजु, आँसु जन ढाले, बाल बच्चा छाडेर गया, राखे इजु मेरो माया लगायत मन छुने शव्दहरु इस गितमा रहेका छन ।

ताजा खबर

होली फेमिली इङ्लिस मिडियम स्कुलमा अन्तर माध्यमिक टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर १४ जेठ कञ्चनपुरको भिमदत्त नगरपालिका–१० तिल्केनीस्थित हाेली फ्याम्ली अंग्रेजी...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर १४ जेठ  कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

रोयल दरबार होटल घटनामा प्रहरीको भूमिकामाथि प्रश्न, पीडित पक्षले गर्याे लापरवाहीको आरोप

कञ्चनपुर १३ जेठ भीमदत्त नगरपालिकाको भाषिमा रहेको रोयल दरबार होटलमा...

मेधाबीका विद्यार्थीहरुद्धारा नेपाल दुरसंचार प्राधिकरणको कार्यालय अवलोकन

कञ्चनपुर १३ जेठ कञ्चनपुरमा रहेको मेधाबी सेकेन्ड्री स्कुलले कक्षा ९...

उत्थानशिल युवा सञ्जालका लागी विपद् जोखिम न्युनिकरण सम्बन्धि तालिम आयोजना

कञ्चनपुर १३ जेठ कञ्चनपुरको भीमदत्त नगरपालिकाले पालिका भित्रका उत्थानशिल युवा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?