शुक्लाफाटा नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न

कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि ९९ करोड २७ लाख ४ हजार ७ सय १ रुपैयाँको बजेट पारित गरेको छ ।


नगर प्रमुख रणवहादुर महराको अध्यक्षतामा शुक्रवार आयोजना गरिएकोे १७ औँ नगर सभाबाट आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि ९९ करोड २७ लाख ४ हजार ७ सय १ रुपैयाँको बजेट पारित गरेको हो । यो संगै शुक्लाफाँटा नगरपालिका कञ्चनपुरमा निर्धारित समयमा बजेट ल्याउने पहिलो पालिका बनेको छ । नगर प्रमुख रण बहादुर महराको अध्यक्षतामा भएको नगरसभामा नगर उपप्रमुख कल्पना जोशी (पन्त)ले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि बजेट प्रस्तुत गर्नू भएको थियो ।
उक्त बजेटमा आन्तरिक आयतर्फ रु ३ करोड १५ लाख ८४ हजार,संघीय सरकार राजश्व बाँडफाँडबाट रु.१३ करोड १३ लाख १ रुपैयाँ,प्रदेश सरकार राजश्व बाँडफाँडबाट रुं ५६ लाख ४० हजार,नेपाल सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु.४५ करोड ६२ लाख ९ हजार रहेको छ ।
त्यस्तै प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु. ५ करोड ३ लाख ९७ हजार,सामाजिक सुरक्षातर्फ रु २५ करोड,क्षेत्रीय सहरी विकास कार्यक्रमतर्फ रु ९६ लाख ५४ हजार ७ सय,सडक बोर्डबाट रु. ७९ लाख २० हजार,गत वर्षको मौज्दात रु.५ करोड तथा व्ययतर्फ चालु खर्च तर्फ रु.६६ करोड ६९ लाख ४२ हजार ४ सय ८९ र पूँजीगत खर्च तर्फ रु. ३२ करोड ५७ लाख ६२ हजार २ सय ११ रुपैयाँ गरी कुल रु.९९ करोड २७ लाख ४ हजार ७ सय १ रुपैयाँको आयव्यय प्रस्तुत गरिएको हो
विकास निर्माण संगै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइएको यस वर्षको बजेटमा नगरपालिकाले एमविविएस अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति, कोल्ड स्टोर निर्माण, मुक्त हलिया घर निर्माण, दलित,जनजाती,आदिवासी लक्षित कार्यक्रम, सामुदायिक छाडापशु चौपाया व्यवस्थापन लगायतको लागी समेत बजेट व्यवस्थापन गरेको छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?