शुक्लाफाटा नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न

कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि ९९ करोड २७ लाख ४ हजार ७ सय १ रुपैयाँको बजेट पारित गरेको छ ।


नगर प्रमुख रणवहादुर महराको अध्यक्षतामा शुक्रवार आयोजना गरिएकोे १७ औँ नगर सभाबाट आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि ९९ करोड २७ लाख ४ हजार ७ सय १ रुपैयाँको बजेट पारित गरेको हो । यो संगै शुक्लाफाँटा नगरपालिका कञ्चनपुरमा निर्धारित समयमा बजेट ल्याउने पहिलो पालिका बनेको छ । नगर प्रमुख रण बहादुर महराको अध्यक्षतामा भएको नगरसभामा नगर उपप्रमुख कल्पना जोशी (पन्त)ले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि बजेट प्रस्तुत गर्नू भएको थियो ।
उक्त बजेटमा आन्तरिक आयतर्फ रु ३ करोड १५ लाख ८४ हजार,संघीय सरकार राजश्व बाँडफाँडबाट रु.१३ करोड १३ लाख १ रुपैयाँ,प्रदेश सरकार राजश्व बाँडफाँडबाट रुं ५६ लाख ४० हजार,नेपाल सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु.४५ करोड ६२ लाख ९ हजार रहेको छ ।
त्यस्तै प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु. ५ करोड ३ लाख ९७ हजार,सामाजिक सुरक्षातर्फ रु २५ करोड,क्षेत्रीय सहरी विकास कार्यक्रमतर्फ रु ९६ लाख ५४ हजार ७ सय,सडक बोर्डबाट रु. ७९ लाख २० हजार,गत वर्षको मौज्दात रु.५ करोड तथा व्ययतर्फ चालु खर्च तर्फ रु.६६ करोड ६९ लाख ४२ हजार ४ सय ८९ र पूँजीगत खर्च तर्फ रु. ३२ करोड ५७ लाख ६२ हजार २ सय ११ रुपैयाँ गरी कुल रु.९९ करोड २७ लाख ४ हजार ७ सय १ रुपैयाँको आयव्यय प्रस्तुत गरिएको हो
विकास निर्माण संगै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइएको यस वर्षको बजेटमा नगरपालिकाले एमविविएस अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति, कोल्ड स्टोर निर्माण, मुक्त हलिया घर निर्माण, दलित,जनजाती,आदिवासी लक्षित कार्यक्रम, सामुदायिक छाडापशु चौपाया व्यवस्थापन लगायतको लागी समेत बजेट व्यवस्थापन गरेको छ ।

ताजा खबर

राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको...

युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा कञ्चनपुर, पुष १० आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग...

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

स्वर्गीय आमाको वार्षिक पुण्यतिथिमा जेष्ठ नागरिकलाई भोजन

कञ्चनपुर  - ९, पौष कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८...

बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

धन सिह धामी कञ्चनपुर पुष ८  कञ्चनपुरमा बढ्दै गएको बालविवाह रोक्नका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?