महिला उद्घघोषण तथा घघरीया तथा अंगिया सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुरमा महिला उद्घघोषण तालिम तथा छोटो समयको पुनर्ताजगी घघरीया तथा अंगिया सम्बन्धी सिप विकास तालिम सम्पन्न भएको छ ।

कञ्चनपुरको कृष्णपुरमा महिला उद्घघोषण तालिम तथा गरिवी निवारणका लागी लघुउद्यम कार्यक्रम अन्तर्गत छोटो समयको पुनर्ताजगी घघरीया तथा अंगिया सम्बन्धी सिप विकास तालिम सम्पन्न भएको हो । बिहिबार उक्त महिला उद्घघोषण तालिम तथा छोटो समयको पुनर्ताजगी घघरीया तथा अंगिया सम्बन्धी सिप विकास तालिममा सहभागिमहिला दिदी वहिनहिरुलाई तालिम समापन पश्चात प्रमाणपत्र वितरण गरिएको छ । कृष्णपुर नगरपालिकाले महिलाहरुलाई उदघोषण तालिम दिएर निकै स्रहानीय कार्य गरेको तालिममा सहभागिहरुले वताएकाछन । विगतमा घरमा मात्रै वोल्ने महिला दिदि वहीनहिरुर्लाई पनी अव उप्रान्त कार्यक्रमहरु सञ्चालन गर्न सक्छौं भन्ने साहस आएको पनी सहभागिहरुले वताएका छन ।

उद्घोषण तालि बारे बोल्दै तालिम समापन कार्यक्रमका सभापती तथा कृष्णपुर नगरपालिकाका उपप्मुख द्रोपती रानाले आफुले निर्वाचनका वेला महिला दिदी वहीनहिरुको अवस्था बोल्न सक्ने क्षमता कमजोर भएको देखेर उनीहरुको क्षमता वृद्धीका लागी उदघोषण तालिम सञ्चालन गरिएको वताउनु भयो । साथै उहाले हरेक कार्यक्रमहरुमा महिला सहभागिता बढी हुने तर आफ्नो कुरा राख्न नसक्ने अवस्थालाई मध्यनजर गर्दे उनीहरुको क्षमता विकासका लागी तालिम सञ्चालन गरिएको समेत उहाले वताउनु भयो ।

यसै गरि गत वर्ष पनी घघरीया तथा अंगिया सम्बन्धी तालिम सञ्चालन भएको कारण रामे संग सिक्न नपाएको हुदा यस वर्ष पनी पुनर्ताजगी तालिम सञ्चालन गरिएको उपप्मुख रानाले वताउनु भएको छ । साथै उहाले तालिम पश्चात सहज र व्यवशायीक रुपमा घघरीया तथा अंगिया सिलाई गर्न सकिने समेत उहाले वताउनु भयो ।
महिला उद्घघोषण तालिममा नगरपालिकाभित्रका ९० जना महिलाहरूको सहभागिता रहेको थियो भने घघरीया तथा अंगिया सम्बन्धी सिप विकास तालिममा १५ जनाको सहभागिता रहेको थियो ।

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?