महिला उद्घघोषण तथा घघरीया तथा अंगिया सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुरमा महिला उद्घघोषण तालिम तथा छोटो समयको पुनर्ताजगी घघरीया तथा अंगिया सम्बन्धी सिप विकास तालिम सम्पन्न भएको छ ।

कञ्चनपुरको कृष्णपुरमा महिला उद्घघोषण तालिम तथा गरिवी निवारणका लागी लघुउद्यम कार्यक्रम अन्तर्गत छोटो समयको पुनर्ताजगी घघरीया तथा अंगिया सम्बन्धी सिप विकास तालिम सम्पन्न भएको हो । बिहिबार उक्त महिला उद्घघोषण तालिम तथा छोटो समयको पुनर्ताजगी घघरीया तथा अंगिया सम्बन्धी सिप विकास तालिममा सहभागिमहिला दिदी वहिनहिरुलाई तालिम समापन पश्चात प्रमाणपत्र वितरण गरिएको छ । कृष्णपुर नगरपालिकाले महिलाहरुलाई उदघोषण तालिम दिएर निकै स्रहानीय कार्य गरेको तालिममा सहभागिहरुले वताएकाछन । विगतमा घरमा मात्रै वोल्ने महिला दिदि वहीनहिरुर्लाई पनी अव उप्रान्त कार्यक्रमहरु सञ्चालन गर्न सक्छौं भन्ने साहस आएको पनी सहभागिहरुले वताएका छन ।

उद्घोषण तालि बारे बोल्दै तालिम समापन कार्यक्रमका सभापती तथा कृष्णपुर नगरपालिकाका उपप्मुख द्रोपती रानाले आफुले निर्वाचनका वेला महिला दिदी वहीनहिरुको अवस्था बोल्न सक्ने क्षमता कमजोर भएको देखेर उनीहरुको क्षमता वृद्धीका लागी उदघोषण तालिम सञ्चालन गरिएको वताउनु भयो । साथै उहाले हरेक कार्यक्रमहरुमा महिला सहभागिता बढी हुने तर आफ्नो कुरा राख्न नसक्ने अवस्थालाई मध्यनजर गर्दे उनीहरुको क्षमता विकासका लागी तालिम सञ्चालन गरिएको समेत उहाले वताउनु भयो ।

यसै गरि गत वर्ष पनी घघरीया तथा अंगिया सम्बन्धी तालिम सञ्चालन भएको कारण रामे संग सिक्न नपाएको हुदा यस वर्ष पनी पुनर्ताजगी तालिम सञ्चालन गरिएको उपप्मुख रानाले वताउनु भएको छ । साथै उहाले तालिम पश्चात सहज र व्यवशायीक रुपमा घघरीया तथा अंगिया सिलाई गर्न सकिने समेत उहाले वताउनु भयो ।
महिला उद्घघोषण तालिममा नगरपालिकाभित्रका ९० जना महिलाहरूको सहभागिता रहेको थियो भने घघरीया तथा अंगिया सम्बन्धी सिप विकास तालिममा १५ जनाको सहभागिता रहेको थियो ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुर नयाँ नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा

कञ्चनपुर, १६ भदौँ निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका...

गोल्डमिडिलिष्ट युवा निर्माण व्यवसायी दिपक भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघ उपाध्यक्षको दौडमा

कञ्चनपुर, १४ भदौँ कञ्चनपुरका युवा निर्माण व्यवसायी दिपक भट्ट संघको...

गायक टंक तिमिल्सिना अस्ट्रेलिया प्रस्थान गौरा पर्व २०२५ मा धमाकेदार प्रस्तुति दिने तयारी

 — लोकप्रिय गायक टंका तिमिल्सिना हिजो अष्ट्रेलियातर्फ प्रस्थान गरेका...

विद्यालय शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षकको एक स्वर

सञ्जु महर कञ्चनपुर, ११ भदौँ सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक९ऐन०...

मायादेवीमा एमालेबाट उपाध्यक्षमा उम्मेदवार बनेकी पासीसहित १०१ जना राप्रपामा प्रवेश

कपिलबस्तु ०८ भदौ । कपिलवस्तु क्षेत्र नम्बर १ मायादेवी गाउँपालिकाबाट...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?