इजरायली राजदूत हानान गोडरले विपिन जोशीको घर पुगेर गरे उद्धारको प्रतिबद्धता

कञ्चनपुर – नेपालका लागि ईजरायली राजदुत हनान गोडेर गोल्ड बर्गरले कञ्चनपुरको महेन्द्रनगर स्थित विपिन जोशीको घरमा पुगेर भेटवार्ता गरेका छन ।


आइतबार ईजरायली राजदुत हनान गोडेर गोल्ड बर्गर भीमदत्त नगरपालिका वडा नम्वर ३ भाँषि स्थीत विपिन जोशीको घरमा पुगेर उनका वुवा आमा संग भेटघाट गरेका हुन । ईजरायलमा विपिन जोशि अध्ययनरत SODT Negev College का President  हेम शाकेद समेत कञ्चनपुर पुगेका ईजरायली राजदुत हनान गोडेरले अहिले सम्म विपिन जोशीको अवस्था अज्ञात नै रहेको वताउनु भएको छ । आफ्नो ज्यान जोखिममा पारेर सयौ विद्यार्थीको ज्यान जोगाउन सफल विपिन जोशि रियल हिरो रहेको भन्दै आजकोे भेटघाट आफ्नो लागी सहज नभएको भए पनी परिवार लाई सान्त्वना दिन आफु कञ्चनपुर पुगेको वताउनु भएको छ । ईजरायली सेनाले हमासको नियन्त्रमा रहेको गाँजा क्षेत्रका एक एक घर सर्च गर्दा पनी हाल सम्म कुनै सुचना पाउन नसकेको वताउदै ईजरायली सरकारले विपिनको रिहाईका लागी हर सम्भव प्रयत्न गर्ने समेत वताउनु भएको छ ।


यसै गरि विपिनका वुवा महानन्द जोशिले छोराको बाटो हेर्दा हेर्दै आठ महिना भन्दा बढी भईसक्दा सम्म कुनै सुचना नपाएको वताउनु भएको छ । साथै उहाले आफ्नो छोराको सकुसल उद्धार गरिदिन समेत ईजरायली राजदुत हनान गोडेर मार्फत ईजरायल सरकार संग आग्रह गर्नु भएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी लर्न एण्ड अर्न कार्यक्रम अन्र्तरगत ईजरायल गएका वेला ईजरायल माथि प्यालेष्टाईनी हमास समुहले हमला गर्दा कञ्चनपुरका विपिन जोशी हमास समुहको नियन्त्रणमा परेका गिए । घटना घटेको झण्डै ८ महिना पछि ईजरायली राजदुत विपिनको घर पुगेर उद्दारका लागि आश्वासन दिदा परिवारलाई केही आशा जागेको छ ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?