शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको अनुगमन

कञ्चनपुरको भमिदत्त नगरपालिकाले सामुदायीक विद्यालयहरुकोे शैक्षिक गुणस्तर सुधारका लागी कार्ययोजना वनाएर अघि बढ्ने जनाएको छ । नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागी नगरभित्र रहेका विद्यालयहरुको अनुगमन गर्दै समस्या तथा चुनौतिहरुको समाधान गने गरि काम थालेको हो ।
पछिल्लो समय सामुदायीक विद्यालय प्रति आम अभिभावक तथा विद्यार्थीहरुको विश्वास कम हुदै गएको कारण संस्थागत विद्यालयहरुमा विद्यार्थीहरुको चाप बढ्दै गएको छ । यस कारण भीमदत्त नगरपालिकाले आम अभिभावक तथा विद्यार्थीहरुको सामुदायीक विद्यालय प्रतिको आकर्षण बढाउन विद्यालयहरुकोे शैक्षिक गुणस्तर सुधारका लागी कार्ययोजना वनाएर अघि बढ्ने तयारी गरेको छ । आर्थीक वर्षको शुरुवात संगै भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलम लेखकले शिक्षा शाखा तथा सामाजिक विकास समितिको टाली लिएर सामुदायीक विद्यालयहरुको अनुगमन शुरु गर्नु भएको छ । सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न भौतिक संरचना निर्माण संगै दरवन्दि मिलान गर्ने, आवश्यक परे विद्यालय मर्ज गर्ने लगायत के कस्तो समस्या छ त्यसको समाधानका लागी अनुगमन लाई प्राथमिकतामा राखिएको भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलम लेखकले वताउनु भयो ।
यसै गरि भमिदत्त नगरपीका सामाजिक विकास समिती संयोजक सुशील भट्टले सामुदायीक विद्यालय प्रतिको आकर्षण घटदै गईरहेको हुदा यसलाई कसरी माथी लैजान सकिनछ भन्ने उदेश्यले विद्यालयहरुको अनुगमन गरिएको वताउनु भयो । साथै उहाले शिक्षाको गुणस्तर सुधारका लागी सम्वन्धित ठाँउमै गएर वस्तुस्थीति बुझेर समस्या सामाधानको पहल गरिने समेत वताउनु भयो ।
यसै गरि भीमदत्त नगपालिका शिक्षा शाखा प्रमुख कलावती मिश्रले विद्यालय अनुगमनका क्रममा शौचालय व्यवस्थापन, हाजिर व्यवस्थापन, दिवा खाजाको गुणस्तरको विषयमा ध्यान दिईएको वताउनु भयो । साथै उहाले धेरै जसो विद्यालयमा विद्यार्थी संख्या न्युन रहेको समेत देखिएकोले आवश्यक परेको अवस्थामा विद्यालय मर्जको प्रकृया समेत अगाडि बढाईने वताउनु भयो ।
सामुदायकि विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी हर सम्भव प्रयाश गरिने पनी भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलम लेखकलले वताउनु भएको छ । हाल कञ्चनपुरको भीमदत्त नगरपालिकामा ५५ वटा सामुदायीक विद्यालय, ७० वटा ससंस्थागत विद्यालय र २ वटा गुरुकुल रहेका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?