शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको अनुगमन

कञ्चनपुरको भमिदत्त नगरपालिकाले सामुदायीक विद्यालयहरुकोे शैक्षिक गुणस्तर सुधारका लागी कार्ययोजना वनाएर अघि बढ्ने जनाएको छ । नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागी नगरभित्र रहेका विद्यालयहरुको अनुगमन गर्दै समस्या तथा चुनौतिहरुको समाधान गने गरि काम थालेको हो ।
पछिल्लो समय सामुदायीक विद्यालय प्रति आम अभिभावक तथा विद्यार्थीहरुको विश्वास कम हुदै गएको कारण संस्थागत विद्यालयहरुमा विद्यार्थीहरुको चाप बढ्दै गएको छ । यस कारण भीमदत्त नगरपालिकाले आम अभिभावक तथा विद्यार्थीहरुको सामुदायीक विद्यालय प्रतिको आकर्षण बढाउन विद्यालयहरुकोे शैक्षिक गुणस्तर सुधारका लागी कार्ययोजना वनाएर अघि बढ्ने तयारी गरेको छ । आर्थीक वर्षको शुरुवात संगै भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलम लेखकले शिक्षा शाखा तथा सामाजिक विकास समितिको टाली लिएर सामुदायीक विद्यालयहरुको अनुगमन शुरु गर्नु भएको छ । सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न भौतिक संरचना निर्माण संगै दरवन्दि मिलान गर्ने, आवश्यक परे विद्यालय मर्ज गर्ने लगायत के कस्तो समस्या छ त्यसको समाधानका लागी अनुगमन लाई प्राथमिकतामा राखिएको भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलम लेखकले वताउनु भयो ।
यसै गरि भमिदत्त नगरपीका सामाजिक विकास समिती संयोजक सुशील भट्टले सामुदायीक विद्यालय प्रतिको आकर्षण घटदै गईरहेको हुदा यसलाई कसरी माथी लैजान सकिनछ भन्ने उदेश्यले विद्यालयहरुको अनुगमन गरिएको वताउनु भयो । साथै उहाले शिक्षाको गुणस्तर सुधारका लागी सम्वन्धित ठाँउमै गएर वस्तुस्थीति बुझेर समस्या सामाधानको पहल गरिने समेत वताउनु भयो ।
यसै गरि भीमदत्त नगपालिका शिक्षा शाखा प्रमुख कलावती मिश्रले विद्यालय अनुगमनका क्रममा शौचालय व्यवस्थापन, हाजिर व्यवस्थापन, दिवा खाजाको गुणस्तरको विषयमा ध्यान दिईएको वताउनु भयो । साथै उहाले धेरै जसो विद्यालयमा विद्यार्थी संख्या न्युन रहेको समेत देखिएकोले आवश्यक परेको अवस्थामा विद्यालय मर्जको प्रकृया समेत अगाडि बढाईने वताउनु भयो ।
सामुदायकि विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी हर सम्भव प्रयाश गरिने पनी भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलम लेखकलले वताउनु भएको छ । हाल कञ्चनपुरको भीमदत्त नगरपालिकामा ५५ वटा सामुदायीक विद्यालय, ७० वटा ससंस्थागत विद्यालय र २ वटा गुरुकुल रहेका छन ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?