होली फेमली इङ्गलिश मिडियम माध्यमिक विद्यालय ‘उत्कृष्ठ शैक्षिक संस्था सम्मान २०८०’ बाट सम्मानित

कञ्चनपुरको होली फेमली इङ्गलिश मिडियम माध्यमिक विद्यालय ‘उत्कृष्ठ शैक्षिक संस्था सम्मान २०८०’ बाट सम्मानित भएको छ । विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च मूल्याङ्कन सहित सम्मान प्राप्त गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका –१० तिल्केनी स्थित होली फेमली इङ्गलिश मिडियम माध्यमिक विद्यालय ‘उत्कृष्ठ शैक्षिक संस्था सम्मान २०८०’ बाट सम्मानित भएको हो । चन्द्रलोक प्रतिष्ठान काठमाडौंले गुणस्तरीय, प्रविधियुक्त शिक्षा र दक्ष शैक्षिक जनशक्ति उत्पादन गरी शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुगाएको भन्दै ‘उत्कृष्ठ शैक्षिक संस्था सम्मान २०८०’ बाट सम्मानीत गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको प्रमुख आतिथ्यमा आयोजित उक्त सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खडक सिह विष्टले सम्मानपत्र ग्रहण गरेका हुन । कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीले विद्यालय लाई बधाई समेत दिएका थिए ।
यससंगै होली फेम्ली इङ्गलिश मिडियम माध्यमिक विद्यालय नेपालको गुणस्तरीय शिक्षामा सुदूरपश्चिम प्रदेशको उत्कृष्ठ शैक्षिक संस्था बन्न सफल भएको छ, । प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा त्यस संस्थाले अतुलनीय योगदान गर्दै आईरहेको छ । ‘भौतिक पूर्वाधार, प्राविधिक, व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेश स्तरमा उत्कृष्ठ शैक्षिक संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल त्यस संस्थाले आगामी दिनमा प्रतिस्पर्धी, शिक्षाको विकासका साथै देशभक्त, आदर्शवान र नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्न सफल रहोस भन्ने कामना गर्दै चन्द्रलोक प्रतिष्ठानको तर्फबाट ‘उत्कृष्ठ शैक्षिक संस्था सम्मान २०८०’ प्रदान गरिएको छ ’ भनेर सम्मानपत्रमा उल्लेख गरिएको छ ।
होली फेमलीका संस्थापक चेयरमेन भुपाल सिह विष्टले उत्कृष्ठ शैक्षिक संस्था सम्मानले गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्यका लागि थप हौसला मिलेको बताए । उनले विद्यालयलाई उत्कृष्ठ शैक्षिक गन्तव्य बनाउन सहयोग गर्ने विद्यालयका प्रधानाध्यापक, सह–प्रधानाध्यापक, शिक्षक कर्मचारी, अभिभावक, विद्यार्थी र शुभचिन्तक सबैमा आभार सहित धन्यवाद दिएका छन् ।
हामी सबैको प्रयासले विद्यालयलाई एकपछि अर्को सफलता मिल्दै गएको वताउदै विष्टले खेलकुदमा पनि ठुलो लगानी रहेको र यसको लागी सबैलाई धन्यवाद तथा आभार व्यक्त गनुभएको छ । बिष्टले मिहेनती टिम र विद्यार्थी नै विद्यालयको गहना भएको वताउदै उहाले विद्यालयको सुधारका लागि आफु संधै तत्पर रहेको वताउनु भयो ।
२०५७ मा स्थापना गरिएको यस होली फेमली इङ्गलिश मिडियम माध्यमिक विद्यालयले शैक्षिक गतिविधि बाहेक खेलकूद र विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

 

 

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?