झलारी। शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा संचालित अतिरिक्त कक्षाको अनुगमन गरिएको छ। बिहीबार नगर प्रमुख रणबहादुर महरा नेतृत्वको टोली अतिरिक्त कक्षाहरुको अनुगमन गरेका हुन्। शुक्लाफाँटाका तीन सामुदायिक विद्यालयको अनुगमन गरिएको शिक्षा शाखा प्रमुख सुरेश भट्टले बताए। उनका अनुसार बैजनाथ मावि कसरौल, कृष्ण मावि सिमलफाँटा र धर्म जनता मावि स्टेशनपुरमा सञ्चालित अतिरिक्त कक्षाको अनुगमन गरिएको थियो। ‘अतिरिक्त कक्षामा लक्षित विद्यार्थी भन्दा कम भेटिए,’ उनले भने, ‘विद्यार्थीको संख्या बढाउन विद्यालयका प्रधानाध्यापकलाई अभिभावकसँग कुरा गर्न निर्देशन दिएका छौं।’ शुक्लाफाँटाका १३ विद्यालयमा एसईईका अतिरिक्त कक्षा सञ्चालनमा छन्। एसईईमा उत्कृष्ट नतिजा ल्याउने उदेश्यले अतिरिक्त कक्षाहरु भइरहेको शिक्षा शाखा प्रमुख भट्टले बताए। ‘सबै सामुदायिक विद्यालयहरुमा गणित, विज्ञान र अंग्रेजी विषयको अतिरिक्त कक्षाहरु भइरहेका छन्,’ उनले भने, ‘अतिरिक्त कक्षाहरु नियमित नगर्ने शिक्षकहरुलाई पहिलो पटक स्पष्टिकरण सोध्ने, त्यसपछि पनि सुधार नभए तलब रोक्नेसम्म नगरपालिकाको योजना छ।’ शुक्लाफाँटाका विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएको नगर प्रमुख महराले बताए। ‘विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि निशुल्क अतिरिक्त कक्षाहरु सञ्चालन गरेका छौं,’ उनले भने, ‘सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि नियमित अनुगमन समेत गरिरहेका छौं।’
ताजा खबर
सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै
कञ्चनपुर, १६ असोज
शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...
महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द
कञ्चनपुर , १४ असोज
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...
३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार
कञ्चनपुर, १२ असोज
रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...
आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद
धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...
संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड
कञ्चनपुर ०३ असोज
संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...
छुटाउनु भयो कि ?