मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्छौः नगर प्रमुख महरा

झलारी। शुक्लाफाँटा नगरपालिका–८ स्थित मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने नगर प्रमुख रणबहादुर महराले बताएका छन्। बैजनाथ मन्दिरमा भोली लाग्ने मेला स्थलको अनुगमन गर्दै नगर प्रमुख महराले मणिकाधामलाई सौन्दरीकरण गरि शुक्लाफाँटाकै प्रमुख धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने बताएका हुन्। ‘त्यहाँ रहेका ताललाई आकर्षक बनाउन सरसफाईसँगै बाह्रै महिना पानी भरिभराउ हुने बनाउन आवश्यक छ,’ उनले भने, ‘तालमा थोरै पानी छ, तालमा बाह्रै महिना भरिभराउन गराउन बरिङ या अन्य विकल्पबारे अध्ययन गरेर काम अगाडी बढाउँछौं।’ नगर प्रमुख महराले मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन बैजनाथ मन्दिर व्यवस्थापन समितिलाई निर्देशन समेत दिएका छन्। मणिकाधाममा प्रत्येक बर्ष फागुन शुक्लपक्षमा मेला लाग्ने गर्दछ। यहाँ कञ्चनपुर, कैलाली, डडेल्धुरा र भारतीय निकटवर्ती क्षेत्रका श्रद्धालुहरु दर्शन गर्न आउँछन्। मणिका धाम क्षेत्रको दर्शन गरेमा मनोवांच्छित फल पाईने जनविश्वास छ। मणिका धामलाई यस क्षेत्रका स्थानिय बासिन्दाले मुडकाका नामले समेत चिन्दछन्। धाम क्षेत्रमा बैजनाथ वावाको प्राचिन मन्दिर र मन्दिर नजिकै ठुलो तलाउ रहेको छ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?