क्टरको लाइसेन्स परीक्षामा ५३ प्रतिशत फेल

१५ माघ, काठमाडौं । चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५३ प्रतिशत फेल भएका छन् । नेपाल मेडिकल काउन्सिलले गत १२ देखि १५ सम्म (आइतबार) सम्म लिएको परीक्षामा एमबीबीएस र वीडीएसतर्फ गरी १ हजार २२० जना फेल भएका हुन् ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार एमबीबीएस र बीडीएसमा गरी २ हजार ३ सय ३११ ले लाइसेन्स परीक्षा दिएका थिए । जसमध्ये १ हजार ९१ जना, (४७) प्रतिशत चिकित्सक पास भएका छन् ।

काउन्सिलको तथ्यांक अनुसार एमबीबीएस तर्फ ४७.११ र बीडीएस तर्फ ४७.६० प्रतिशत चिकित्सक पास भएका छन् । यसपटक एमबीबीएसमा कुल १ हजार ८३९ जनाले परीक्षाका लागि फारम भरेका थिए । त्यसमध्ये परीक्षामा ७ जना अनुपस्थित भएका थिए । डा. अधिकारीले एमबीबीएसतर्फ कुल १ हजार ८३२ जनाले एबीबीएसतर्फको लाइसेन्स परीक्षा दिएकोमा ८६३ जना मात्रै पास भएको बताए ।

यस्तै, बीडीएसतर्फ कुल ४८२ जनाले फारम भरेकोमा ३ जना अनुपस्थित भएका थिए । त्यसपछि परीक्षा दिएका ४७९ जना भए पनि २२८ जना मात्रै पास भएका छन् । परीक्षा नेपाल इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा भएको थियो ।

त्यसैगरी, धेरै डाक्टर पटक–पटक फेल हुन थालेपछि काउन्सिलले एमबीबीएस उत्तीर्ण विद्यार्थीले चिकित्सा पेसा अपनाउन नचाहे लाइसेन्स परीक्षा दिन नपर्ने व्यवस्था ल्याउन लागेको छ ।

एमबीबीएस तथा र बीडीएस उत्तीर्ण भएका तर भविष्यमा चिकित्सा पेसा गर्न नचाहनेलाई लाइसेन्स नचाहिने व्यवस्था गर्न लागेको छ । मेडिकल काउन्सिलकको तथ्यांक अनुसार १० औँ, २०औँ पटकसम्म ‘लाइसेन्स’ परीक्षा दिएर पनि अनुत्तीर्ण भएका विद्यार्थी १ हजार १ सय भन्दा माथि छन् ।

लाइसेन्स परीक्षामा उत्तीर्ण हुन नसक्नेलाई बिरामी जाँच, परीक्षणजस्ता उपचार गर्नु नपर्ने, स्वास्थ्यसँग सम्बन्धित विषयमा स्नातकोत्तर अध्ययन गर्न दिने प्रक्रिया अगाडि बढाएको रजिस्ट्रार अधिकारीले बताए ।

‘यस्तो व्यवस्था नेपाल, भारत, पाकिस्तानबाहेक थुप्रै मुलुकमा छ । हामी पनि आउने वर्षदेखि लाइसेन्स परीक्षालाई अनिवार्य नगर्ने पक्षमा छौं’, उनले भने, ‘एमबीबीएस उत्तीर्णले चिकित्सकीय काम नगर्ने हो भने, उनीहरूको शैक्षिक प्रमाणपत्रलाई स्नातकसरह मान्यता दिएर स्नातकोत्तर अध्ययनका लागि व्यवस्था गर्न लागिएको हो ।’

हाल एमबीबीएस पास गरेका विद्यार्थीले लाइसेन्स परीक्षा पास नगरी अन्य कुनै संकायमा थप अध्ययन गर्न पाउँदैनन् । त्यसैगरी, लाइसेन्स पास नगरेका चिकित्सकले बिरामी जाँच्न पाउँदैनन् ।

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?