सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण सुरु गर्ने प्रधानमन्त्रीको तयारी

कञ्चनपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको अवलोकन तथा निरीक्षण गर्ने तयारी गरेका छन्। आगामी फागुन १ गते प्रधानमन्त्री दाहाल विकासे योजनाको अनुगमनका लागि कञ्चनपुर आउने निश्चित भएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले केही दिन अगाडि प्रधानमन्त्री दाहाललाई भेटेर बधाई साटासाट गर्दै सुदूरपश्चिमका विकासका सम्भावना बारेमा छलफल गरेका थिए।

मुख्यमन्त्री रावलसंगको छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालको विकासे योजनाको अनुगमन÷निरीक्षक सुदूरपश्चिमबाट सुरुवात गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रधानमन्त्री दाहाल सुदूरपश्चिममा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणमा आउने निश्चित भएपछि मुख्यमन्त्री रावलले प्रदेशका सचिव, उपसचिवलाई त्यसको तयारीमा जुट्न निर्देशन समेत दिएका छन्।

करिब एक साताको काठमाडौं बसाइ पछि मुख्यमन्त्री रावल बिहीबार गृह प्रदेश फर्किएका थिए।

काठमाडौंबाट धनगढी फर्किए लगत्तै मुख्यमन्त्री रावलले सचिव, उपसचिवहरुसंग छलफलमा प्रधानमन्त्री आउने निश्चित भएको र त्यसको तयारी जुट्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयका एक सदस्यले बताए।

‘प्रधानमन्त्री ज्यू विकासे योजनाको निरीक्षण गर्न आउने लगभग निश्चित भइसक्यो, त्यसको तयारीमा जुट्न मुख्यमन्त्री ज्यूले मातहत निकायलाई भनिसक्नु भएको छ,’ ती सदस्यले भने, ‘केही दिनमै समिति गठन गरेर तयारीको काम अगाडि बढ्छ।’

कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाह, निर्माणाधीन महाकाली करिडोर, दैजी–छेला औद्योगिक क्षेत्र, पश्चिम सेती जलविद्युत आयोजना, सेती लोकमार्ग र गेटा मेडिकल कलेज लगायत विभिन्न राष्ट्रिय गौरबका आयोजनाको प्रधानमन्त्री दाहालले निरीक्षण गर्ने छन्।

स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री दाहालले आयोजनाहरुको हालको अवस्था, प्रगति विवरण तथा बजेटको अवस्थाको बारेमा जानकारी लिनेछन्।

फागुन १ गते नै प्रधानमन्त्री दाहालले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्ने कार्यक्रम पनि छ।

उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजना हुने मेलाको फागुन १ गते नै प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पिताम्बर जोशीले बताए।

‘यहाँका गौरवका आयोजनाको निरीक्षणमा आउँदा प्रधानमन्त्री ज्यूले मेलाकोे पनि उद्घाटन गर्नुहुन्छ,’ उनले भने, ‘त्यसको तयारीमा हामी जुटिसकेका छौं।’

केहीदिन अघि कञ्चनपुरका उद्योगी, व्यवसायीहरुले प्रधानमन्त्री दाहाललाई भेटेर मेला उद्घाटनको निम्तो दिएका थिए।

सुदूरपश्चिम विकासको दृष्टिकोणले अहिले पनि पिछिडिएकोले सुदूरलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष माग गरेको अध्यक्ष जोशीले बताए।

मेला उद्घाटन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि सहभागी हुने कार्यक्रम छ।

ताजा खबर

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?