ट्रान्सफर्मेटिभ सोसाईटि अफ नेपालको पहलमा न्यानो लुगा सहयोग

कञ्चनपुर । ट्रान्सफर्मेटिभ सोसाईटि अफ नेपालको पहलमा कञ्चनपुरको समाजकल्याण वाल अनाथालय तथा वृद्धसेवा केन्द्रमा न्यानो लुगा तथा खाद्यान्न सहयोग गरिएको छ । कंचनपुर भिमदत्त नगरपालीका वडा नम्वर ४ स्थीत समाजकल्याण वाल अनाथालय तथा वेदकोट नगरपालिका स्थीत वृद्धसेवा केन्द्रमा ट्रान्सफर्मेटिभ सोसाईटि अफ नेपालको पहलमा न्यानो लुगा तथा खाद्यान्न सहयोग गरिएको हो ।


नेपालमा घर भई वैदेशिक रोजगारीमा गएका नागरिकहरुको सहयोगमा ट्रान्सफर्मेटिभ सोसाईटि अफ नेपालले उक्त सहयोग गरेको संस्थाकी अध्यक्ष समाजसेवी चादनी ऐरले बताउनु भयो । संस्थाले चिसो बढे संगै समाजकल्याण वाल अनाथालयमा रहेका २७ जना वालवालीकाहरुलाई न्यानो लुगा वितरण गर्नुका साथै वेदकोटमा रहेको वृद्धसेवा केन्द्रमा आश्रय लिईरहेका १३ जना अशाहाय आमावुवाहरु लाई न्यानो लुगाका साथै चामल सहयोग हस्तान्तरण गरिएको अध्यक्ष ऐरले वताउनु भएको छ । साथै उहाले आगामी दिनमा समेत यस्ता सहयोगहरुकामे लागी संस्थाले पहल गर्दै जाने समेत वताउनु भएको छ ।


न्यानो लुगा वितरणका लागी विदेशमा कर्मथलो वनाउदै समाजसेवामका तत्लीन रहदै आउनु भएका समाजसेवी तन्नु मगर, सरला श्रेष्ठ र लिलि गुरुङ्गले ४६ हजार रुपैया ट्रान्सफर्मेटिभ सोसाईटि अफ नेपाल मार्फत सहयोग गर्नु भएको हो । आगामी दिनमा समेत दीन दुखीहरुको दुखमा मल्हम लगाउन सदैव तत्वर रहेको समेत उहाहरुले सन्देस पठाउनु भएको छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?