५ वर्षमा यी १० काम गर्छौः नेता लेखक

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेद्धवार रमेश लेखकले ५ वर्षमा मुलतः १० काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं.३ प्रदेश सभा ‘क’ मा गठबन्धनबाट नेकपा माओवादीका टेकेन्द्र भट्ट र प्रदेश सभा ‘ख’ मा काँग्रेसका बेल बहादुर राना मगर चुनावी मैदानमा छन् । मंगलबार महेनद्रनगरमा पत्रकार सम्मेलन गर्दै नेता लेखकले आफुहरु निर्वाचित भए मुलतः निम्न १० काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
१.त्रिदेशीय नाका
कञ्चनपुर जिल्लालाई नेपाल भारत र नेपाल चीन दुईवटा ठुला छिमेकी मुलुकसंग जोड्ने र यो ठाउँलाई देशकै सबैभन्दा ठुलो व्यपारिक,औद्योगिक,धार्मीक र मानिसहरुको आवतजावतको नाकाका रुपमा विकास गर्छौ ।
२.बेरोजगारी समस्या न्यूनिकरण
बेरोजगारीको आधा समस्या यो क्षेत्रमा त्रिदेशिय नाका निर्माण गर्ने वित्तिकै समाधान हुन्छ । र यो क्षेत्रमा उद्योग,पर्यटनको विकास गरि समेत बेरोजगारीको समस्या समाधान गर्छौ ।
३.बाढी नियन्त्रण
कञ्चनपुरको चुरेबाट बगेर आउने नदिनाला,खोलाले भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाका विभिन्न क्षेत्रमा बाढी,डुवान,नदि कटान तथा तठबन्धको समस्या समाधान गर्ने ।
४.किसानका समस्या समाधान
किसानले समयमै मलखाद, विऊ नपाउने, सिचाई लगाएतका समस्या रहेका छन् । किसानका ती समस्या ५ वर्षमा समाधान हुने गरि काम गर्छौ ।
५.विश्वविद्यालयको भौतिक, शैक्षिक गुणस्तर गर्ने
५ वर्षभित्र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको भौतिक,शैक्षिक गुणस्तर सुधार र दोधारा चाँदनीमा बहुप्रादेशिक शिक्षालय स्थापना गरि संञ्चालन गर्छौ ।
६. सुविधा सम्पन्न अस्पताल
महाकाली प्रादेशिक अस्पताल,दोधारा चाँदनी स्वास्थ्य केन्द्र एवम् यहाँका अन्य अस्पताललाई सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्छौ ।
७.खानेपानी
यो क्षेत्रमा स्वच्छ खानेपानीको समस्या नरहनेगरि काम गर्छौै ।
८.एयरपोर्र्ट सेवा सञ्चालन गर्ने ।
मझगाउँ विमानस्थल स्तरोन्नतीको कार्यलाई यथासिघ्र अगाढी बढाई,सम्पन्न गरि हवाइ
९.खेलकुद
युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्न सुविधासम्पन्न खेल मैदान निर्माण,दोधारा चाँदनीमा स्टेडियम निर्माण र प्रशिक्षकको व्यवस्था गर्छौ ।
१०.सडक यातायात
सडक यातायात नजोडिएका टोल बस्तीहरुमा ग्राभेल सडक,ढल सहितका कालोपत्रे सडक,पुल निर्माण,भीमदत्तमा चक्रपथ निर्माण गर्छौ ।

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?