बिना मगर जिताउन एमाले युवा माओवादीमा ओईरिए

कञ्चनपुर,
आशन्न ४ मसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १प्रतिनिधी सभा सदस्य बिना मगरलाई जिताउनका लागि एमाले नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन ।
पुनर्वास नगरपालिका क्षेत्रका दर्जनौँ एमाले युवा माओवादी केन्द्रमा प्रवेस गरेका हुन । नेकपा माओवादी केन्द्र पुनर्वासका युवा नेता धर्मेन्द्र जेठाराले एमाले निकट युवा संघ कञ्चनपुरका सदस्य जय बहादुर पुजारा सहितका दर्जनौँ युवा नेता कार्यकर्ता माओवादी प्रवेस गरेको बताए ।
एमाले पुनर्वासका युवा कार्यकर्ता रमेश भण्डारी, दिनेक खडका, शेर बहादुर बयाडी, पुरन चौधरी, सुबास चौधरी, केशव सिह, दल ब. खाती, कमल खडका, दिपेन खडका, खडक सिह, राज कुमार रना, नरेश खडका, हर्क बोहरा, प्रकास विष्ट, कमल नाथ, सुरेश बोहरा, बल बहादुर सहितले एमाले परित्याग गरेका हुन । उनीहरुले एमालेलाई संकट परेका बेला पाटी परित्याग गर्ने, अर्कोबाट आउने, बागीदेखि बबण्डर भएकाले देश बाम लोकतान्त्रिक गठबन्धनमयी बनिरहेका बेला आफुहरु पनि एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेको बताएका छन । एमाले युवा परित्याग गरेका युवाहरुलाई अबिर खादा ओढाएर नेकपा माओवादी नेतृ एव बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १का उम्मेदवार बिना मगरले स्वागत गरेकी छिन । एमाले परित्याग गर्दै माओवादी प्रवेस गरेका युवाहरुले एमालेमा अवसरवादी हावि भएकाले बाम लोकतान्त्रिक गठबन्धन जिताएर क्षेत्रको सम्बृद्धिका लागि आधार खडा गर्ने प्रतिज्ञा गरेका छन ।

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?