आरक्षपीडित नै भन्छन् – ५ वर्षसम्म सुतेर बस्‍ने नरबहादुरलाई भोट दिँदैनौं

महेन्द्रनगर । राजनीतिक दलहरु आ-आफ्ना एजेण्डाहरु लगेर जनताको घरदैलोमा पुगिरहेका छन् भने जनताले पनि आ-आफ्ना समस्या दलका नेता तथा उम्मेदवारसमक्ष राखिरहेका छन्।

यस्तै कञ्‍चनपुर क्षेत्र नम्बर २ का निर्वतमान सांसद नरबहादुर धामी पनि अहिले चुनावी मैदानमा होमिएका छन्। उनले विगत पाँच वर्षमा जनताले देखिने गरी काम गर्न नसकेको विषयमा जनता जानकार भए पनि उनले प्रतिद्वन्द्वी उम्मेदवारलाई देखाएर जनता मनाउने प्रयासमा छन्।

चुनावी अभियानकै क्रममा सोमवार ढक्का शिविरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आरक्षपीडितको समस्या समाधान नगरेको आरोप लगाए। उनले भने, ‘नेपाली कांग्रेसले आरक्षपीडितको बिल्लीबाँठ बनायो।’

तर, उनले आफूले विगत पाँच वर्षमा आरक्षपीडितका मुद्दालाई स्मरणसमेत नगरेको भन्‍ने कुरा बिर्सिए। धामी आबद्ध नेकपा एमाले नेतृत्वको दुई तिहाइको सरकारले आरक्षपीडितका समस्या समाधान गर्न कुनै पहल नगरेको भन्दै आरक्षपीडित नै आक्रोशित बनेका हुन्।

विगत पाँच वर्षमा आफूहरुका समस्याबारे कुनै पहल नगर्ने अनि अहिले आएर आरोप अरुमाथि लगाउने धामीलाई भोट नदिने भन्दै आरक्षपीडितहरु नै उनी रहेको कार्यक्रम बहिष्कार गरी निस्किएका थिए।

कांग्रेस नेतृत्वको अहिलेको सरकारले आरक्षपीडितका समस्या समाधान गर्नका लागि कार्यदल गठन गरेको छ र पीडितहरुको पुनर्स्थापनाका लागि जग्गा दिने प्रक्रिया अघि बढाइने पनि बताइएको छ।

धामीले भने कार्यदलको नै विरोध गर्दै आएका छन्। उनले आरक्षपीडितका नाममा भोट बटुल्ने योजना बनाए पनि आरक्षपीडितले भने उनको वास्तविकता थाहा पाएका छन्।

यसअघि आरक्षपीडितको समस्या समाधानका लागि कञ्‍चनपुरबाट काठमाडौं पुगेको टोलीलाई भने धामीले आफू सांसद् रहँदा भेटसमेत दिएका थिएनन्। आरक्षपीडितहरुले भनेका छन्, ‘आफू सांसद् हुँदा हामी आन्दोलनकारी भनेर भेट पनि नदिने धामीजी अहिले आएर समस्या समाधान गर्छौं भनिरहनुभएको छ। उहाँजस्तो झुटो बोल्‍ने मान्छेलाई कसरी भोट दिनु?’

धामीले यसअघि आफूलाई सरकारले वार्षिक चारवटा मात्रै हवाई टिकट दिने भएका कारण पटक-पटक जनतासमक्ष आउन नसकेको गैरजिम्मेवार जवाफ दिएका थिए। विगतमा संविधान र संसद्लाई नै समाप्त पार्ने नेकपा एमाले अध्यक्ष ओलीको समर्थनमा उभिएका उनी अहिले हार्ने देखेपछि भने प्रतिद्वन्द्वीमाथि आरोप लगाइरहेका छन्।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?