दोधराचाँदनीलाई विकास र आर्थिक केन्द्रको मुलधारमा जोड्ने काम सुरु भएको छः निवर्तमान सांसद भट्ट

महेन्द्रनग । कञ्चनपुर क्षेत्र नम्बर ३ का निवर्तमान प्रतिनिधि सभा सदस्य डा. दिपक प्रकास भट्टले दोधराचाँदनीलाई विकासको मुल प्रवाहमा जोड्ने काम गरिएको बताएका छन् ।
सोमबार दोधराचाँदनी ८ मा चुनावी सभालाई सम्बोधन गदैँ उनले पछिल्ला पाँच वर्षमा नगरलाई विकास र आर्थिक केन्द्रको रुपमा जोड्ने काम भएको बताए ।
उनले महाकाली पुलको समयमै निर्माण कार्य सम्पन्न गरि दोधराचाँदनी सुक्का बन्दरगाह निर्माणको काम अघि बढेकोले निकट भविष्यमा यो क्षेत्र देशकै ठुलो व्यापारिक नाकाको रुपमा विकसित हुने बताए ।
उनले लामो समयदेखि अवरुद्ध रहेका महाकाली करिडोरको कामलाई दोधराचाँदनीसँग जोडेर काम सुरु गरिएको पनि उनले बताए ।
ठुला विकासका आयोजना सञ्चालनका लागि एमालेलाई नै जिताउनु अपरिहार्य रहेको उनको भनाई छ ।
आफै कायकालमा मझगाँउ विमास्थल सुरु गरिएकोमा प्रधानमन्त्री शेर बहादुर देउवाको अनिक्षाका कारण अवरुद्ध रहेको उनले बताए । ‘नेपाली सेनाले विमानस्थलको केही भुभाग कब्जा गरेको छ ।’ उनले भने ‘प्रधानमन्त्री देउवाले नै समालेको रक्षा मन्त्रालयले सानो निर्णय गरि दिए यसको काम अघि बढ्थ्यो तर त्यो उनले र नेपाली कांग्रेसलाई विकासको काम अघि बढाउन चाहेको छैन् ।’
त्यस्तै उनले एमालेले जिते महाकाली र जोगबुढामा पक्की तटबन्धसँगै पुल पनि निर्माण गरिने बताए ।
ओली नेतृत्वको सरकारले मात्रै सुखी नेपाली, समृद्ध नेपालको सपना पुरा हुनेपनि उनको भनाई छ ।
त्यस्तै आफुहरु जनताको सुखदुखमासँगसँगै रहेको उल्लेख गदैँ बाढी आउँदा प्रधानमन्धी शेर बहादुर देउवाले हेलिकप्टरबाट अनुगमन गरेपनि पिडितलाई उपयुक्त राहत नदिएका उनले गुनासो गरे ।

ताजा खबर

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्त

काठमाडौं, ८ जेठ  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र...

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?