पहिलो पटक तिलाचौरमा रामलीला महोत्सव हुँदै

कञ्चनपुर, १४ असार
कञ्चनपुरको उत्तरी भेग तिलाचौरमा पहिलो पटक रामलीला महोत्सव संचालन हुन लागेको छ । कञ्चनपुर रामलीला समिति र रामलीला संञ्चालन मुल आयोजक समितिको आयोजनामा रामलीला महोत्सव संचालन हुन लागेको हो ।
शुक्रबारदेखि भीमदत्त नगरपालिका ८ तिलाचौर स्थित त्रिभुवन माध्यामिक विद्यालयको प्राङगणमा रामलीला महोत्सव संचालन हुन लागेको छ ।
रामलीला महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । रामलीला संचालन मुल आयोजक समितिका अध्यक्ष भुपाल सिह विष्टले महोत्सवको आवश्यक तयारी पुरा भईसकेको बताए । अध्यक्ष विष्टका अनुसार टेन्ट व्यवस्थापनदेखि कलाकार सबै क्षेत्रको आवश्यक तयारी पुरा भएको बताए । ‘हामीले गाँउमा पहिलो रामलीला महोत्सव संचालन गर्न लागेका छौँ, ‘अध्यक्ष विष्टले भने, ‘सबै क्षेत्रको सहयोग आवश्यक छ ।’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालको प्रमुख आथित्यमा उद्घाटन गरिने बताए । रामलीला संचालन मुल आयोजक समितिका सचिव भगिरथ पाण्डेले सुदूरपश्चिमेलीको भाषा, धर्म, लोक संस्कृति संरक्षणका साथै समाजलाई सुसंस्कृत बनाउने उदेश्यले महोत्सव संचालन गर्न लागेको बताए । ‘आधुनिकतासंगै हाम्रो मुल धर्म संस्कृति संस्कार हराउँदै गएको छ, ‘उनले भने, ‘समाजिक मुल्य मान्यताका साथै पुर्बिय चिन्तनको विकास गराउँनुपर्छ ।’ रामलीला महोत्सवका निर्देशन तथा सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा.भुपेन्द्र सिह विष्टले नेपाली तथा सुदूरपश्चिमेली भाषामा महोत्सव मञ्चन गरिने बताए । ‘हामीले महिला र पुरुषको भूमिकामा महिला÷पुरुष नै कलाकार तयार गरेका छौँ, ‘निर्देशक विष्टले भने, ‘यहाँ कुनै विभेद छैन ।’ रामलीला महोत्सवबाट सत्यको सदैव विजयी हुने मान्यतालाई पुष्टी गर्ने बताए ।
कञ्चनपुर रामलीला समितिका अध्यक्ष शमरजङ्ग बहादुर चन्दले सुदूरपश्चिमेलीको मुल धर्म, लोक संस्कृति संस्कारको प्रर्बद्धन एव पंचार प्रसारसंगै आपसी भाईचाराको भावना जागृत गराउने उदेश्यका लागि महोत्सव आयोजना गरिएको बताए । ‘पछिल्ला बर्षहरुमा समाजमा भाईचार, आपसी बेमेलको अवस्था सृजना भईरहेको छ, ‘अध्यक्ष चन्दले भने, ‘समाजमा भाईचाराको भावना जागृत गराउने मुल उदेश्य हो ।’ कञ्चनपुर रामलीला समितिले नै कलाकारको तयारी गरेको बताउँदै उनले केही नयाँ र केही पुराना कालाकार रहेको बताए । कञ्चनपुर रामलीला समितिका महासचिव नरेन्द्रराज जोशीले ऐतिहासिक रामलीला महोत्सवमा सरोकारवाला क्षेत्रबाट आवश्यक सहयोग हुनुपर्नेमा जोडदिए । ‘जिल्लाको उत्तरी भेगमा यस अघि हल्दुखाल क्षेत्रमा रामलीला महोत्सव भएको थियो, ‘महासचिव जोशीले भने, ‘अहिले तिलाचौरमा भईरहेको छ, यो हाम्रा लागि सौभाग्य हो ।’ भीमदत्त नगरपालिका ८ का वडाध्यक्ष मदनराज मिश्रले यस अघि बजार क्षेत्रमा हुने रामलीला महोत्सव गाँउमै हुन लागेको बताए । ‘विगतका बर्षहरुमा रामलीला महोत्सव बजारमा हुनेथिए, ‘अध्यक्ष मिश्रले भने, ‘आजभोली गाँउमै हुन लागेका छन, यो खुसीको कुरा हो ।’ वडाध्यक्ष मिश्रले वडाबाट महोत्सव सफल पार्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धा जोहर गर्नुभयो । तिलाचौर क्षेत्र धार्मिक रुपमै ऐतिहासिक महत्व बोकेको क्षेत्र भएकाले रामलीला महोत्सवसंगै थप उचाईमा पृुग्ने अपेक्षा गरिएको छ । रामलीला महोत्सवमा संरक्षक वडाध्यक्ष मदनराज मिश्र, प्राविधिक संयोजन रामलिला समिति कञ्चनपुरका अध्यक्ष शमरजङ्ग बहादुर चन्द, निर्देशकमा प्राध्यापक डा. भुपेन्द्र सिह विष्ट, ब्याख्यानकर्तामा आचार्य घनश्याम लेखक, संगित निर्देशक नारायण दत्त भट्ट, तबला संयोजक शिवराज भट्ट सहितको रामलीलाको अगुवा, जानकार टिम रहेको छ । गाँउमै रामलीला महोत्सव हुने भएपछि स्थानीय हर्षित भएका छन ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुर नयाँ नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा

कञ्चनपुर, १६ भदौँ निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका...

गोल्डमिडिलिष्ट युवा निर्माण व्यवसायी दिपक भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघ उपाध्यक्षको दौडमा

कञ्चनपुर, १४ भदौँ कञ्चनपुरका युवा निर्माण व्यवसायी दिपक भट्ट संघको...

गायक टंक तिमिल्सिना अस्ट्रेलिया प्रस्थान गौरा पर्व २०२५ मा धमाकेदार प्रस्तुति दिने तयारी

 — लोकप्रिय गायक टंका तिमिल्सिना हिजो अष्ट्रेलियातर्फ प्रस्थान गरेका...

विद्यालय शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षकको एक स्वर

सञ्जु महर कञ्चनपुर, ११ भदौँ सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक९ऐन०...

मायादेवीमा एमालेबाट उपाध्यक्षमा उम्मेदवार बनेकी पासीसहित १०१ जना राप्रपामा प्रवेश

कपिलबस्तु ०८ भदौ । कपिलवस्तु क्षेत्र नम्बर १ मायादेवी गाउँपालिकाबाट...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?