पहिलो पटक तिलाचौरमा रामलीला महोत्सव हुँदै

कञ्चनपुर, १४ असार
कञ्चनपुरको उत्तरी भेग तिलाचौरमा पहिलो पटक रामलीला महोत्सव संचालन हुन लागेको छ । कञ्चनपुर रामलीला समिति र रामलीला संञ्चालन मुल आयोजक समितिको आयोजनामा रामलीला महोत्सव संचालन हुन लागेको हो ।
शुक्रबारदेखि भीमदत्त नगरपालिका ८ तिलाचौर स्थित त्रिभुवन माध्यामिक विद्यालयको प्राङगणमा रामलीला महोत्सव संचालन हुन लागेको छ ।
रामलीला महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । रामलीला संचालन मुल आयोजक समितिका अध्यक्ष भुपाल सिह विष्टले महोत्सवको आवश्यक तयारी पुरा भईसकेको बताए । अध्यक्ष विष्टका अनुसार टेन्ट व्यवस्थापनदेखि कलाकार सबै क्षेत्रको आवश्यक तयारी पुरा भएको बताए । ‘हामीले गाँउमा पहिलो रामलीला महोत्सव संचालन गर्न लागेका छौँ, ‘अध्यक्ष विष्टले भने, ‘सबै क्षेत्रको सहयोग आवश्यक छ ।’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालको प्रमुख आथित्यमा उद्घाटन गरिने बताए । रामलीला संचालन मुल आयोजक समितिका सचिव भगिरथ पाण्डेले सुदूरपश्चिमेलीको भाषा, धर्म, लोक संस्कृति संरक्षणका साथै समाजलाई सुसंस्कृत बनाउने उदेश्यले महोत्सव संचालन गर्न लागेको बताए । ‘आधुनिकतासंगै हाम्रो मुल धर्म संस्कृति संस्कार हराउँदै गएको छ, ‘उनले भने, ‘समाजिक मुल्य मान्यताका साथै पुर्बिय चिन्तनको विकास गराउँनुपर्छ ।’ रामलीला महोत्सवका निर्देशन तथा सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा.भुपेन्द्र सिह विष्टले नेपाली तथा सुदूरपश्चिमेली भाषामा महोत्सव मञ्चन गरिने बताए । ‘हामीले महिला र पुरुषको भूमिकामा महिला÷पुरुष नै कलाकार तयार गरेका छौँ, ‘निर्देशक विष्टले भने, ‘यहाँ कुनै विभेद छैन ।’ रामलीला महोत्सवबाट सत्यको सदैव विजयी हुने मान्यतालाई पुष्टी गर्ने बताए ।
कञ्चनपुर रामलीला समितिका अध्यक्ष शमरजङ्ग बहादुर चन्दले सुदूरपश्चिमेलीको मुल धर्म, लोक संस्कृति संस्कारको प्रर्बद्धन एव पंचार प्रसारसंगै आपसी भाईचाराको भावना जागृत गराउने उदेश्यका लागि महोत्सव आयोजना गरिएको बताए । ‘पछिल्ला बर्षहरुमा समाजमा भाईचार, आपसी बेमेलको अवस्था सृजना भईरहेको छ, ‘अध्यक्ष चन्दले भने, ‘समाजमा भाईचाराको भावना जागृत गराउने मुल उदेश्य हो ।’ कञ्चनपुर रामलीला समितिले नै कलाकारको तयारी गरेको बताउँदै उनले केही नयाँ र केही पुराना कालाकार रहेको बताए । कञ्चनपुर रामलीला समितिका महासचिव नरेन्द्रराज जोशीले ऐतिहासिक रामलीला महोत्सवमा सरोकारवाला क्षेत्रबाट आवश्यक सहयोग हुनुपर्नेमा जोडदिए । ‘जिल्लाको उत्तरी भेगमा यस अघि हल्दुखाल क्षेत्रमा रामलीला महोत्सव भएको थियो, ‘महासचिव जोशीले भने, ‘अहिले तिलाचौरमा भईरहेको छ, यो हाम्रा लागि सौभाग्य हो ।’ भीमदत्त नगरपालिका ८ का वडाध्यक्ष मदनराज मिश्रले यस अघि बजार क्षेत्रमा हुने रामलीला महोत्सव गाँउमै हुन लागेको बताए । ‘विगतका बर्षहरुमा रामलीला महोत्सव बजारमा हुनेथिए, ‘अध्यक्ष मिश्रले भने, ‘आजभोली गाँउमै हुन लागेका छन, यो खुसीको कुरा हो ।’ वडाध्यक्ष मिश्रले वडाबाट महोत्सव सफल पार्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धा जोहर गर्नुभयो । तिलाचौर क्षेत्र धार्मिक रुपमै ऐतिहासिक महत्व बोकेको क्षेत्र भएकाले रामलीला महोत्सवसंगै थप उचाईमा पृुग्ने अपेक्षा गरिएको छ । रामलीला महोत्सवमा संरक्षक वडाध्यक्ष मदनराज मिश्र, प्राविधिक संयोजन रामलिला समिति कञ्चनपुरका अध्यक्ष शमरजङ्ग बहादुर चन्द, निर्देशकमा प्राध्यापक डा. भुपेन्द्र सिह विष्ट, ब्याख्यानकर्तामा आचार्य घनश्याम लेखक, संगित निर्देशक नारायण दत्त भट्ट, तबला संयोजक शिवराज भट्ट सहितको रामलीलाको अगुवा, जानकार टिम रहेको छ । गाँउमै रामलीला महोत्सव हुने भएपछि स्थानीय हर्षित भएका छन ।

ताजा खबर

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्त

काठमाडौं, ८ जेठ  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र...

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?